३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !

२०७४ साउन १० गते १८:०० मा प्रकाशित


jalbidhutकाठमाडौं, साउन १० । सरकारले आर्थिक वर्ष २०७३र७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ ।

ऊर्जा मन्त्रालय मातहतको विद्युत विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत उत्पादनका लागि अनुमतिपत्र दिएको छ । आव २०७३र७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ ।

गत आवको प्रारम्भमा बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको १४।७० मेगावाट क्षमताको पलाँखु खोला जलविद्युत आयोजनालाई अनुमतिपत्र प्रदान गरेको थियो भने सो आवको अन्तिममा गत जेठ अन्तिम साता बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको ६।६ मेगावाट क्षमताको रुदी खोला बी जलविद्युत परियोजनालाई अनुमतिपत्र दिएको थियो ।

अनुमतिपत्र दिइएका आयोजनामध्ये सबैभन्दा ठूलो परियोजना ४०० मेगावाट क्षमताको गाली गण्डकी कोबाङ रहेको छ । मुस्ताङमा आयोजना स्थल रहेको सो आयोजना अम्बेस्वर इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले निर्माण गर्नेछ । माथिल्लो वलेफी ३६ मेगावाट, लिपिङ खोला १६ मेगावाट, माथिल्लो सोलु खोला १८ मेगावाट, मकरी गाड १० मेगावाटले पनि निर्माणको अनुमतिपत्र प्राप्त गरेका छन् ।

यस्तै सिद्धकाली हाइड्रोपावरले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी, सिन्धुज्वाला हाइड्रोपावर प्रवद्र्धक रहेको ४३ मेगावाटको नेशम खोला, ३७ मेगावाटको राहुघाट मंगाले, १० मेगावाटको माडी भोर्लेटार र ८ मेगावाटको अपर नौगाडले पनि अनुमतिपत्र पाएका छन् ।

विभागका अनुसार ४८ मेगावाटको खिम्ती दोस्रो, १२ मेगावाटको रुरु, ५२ मेगावाटको माथिल्लो लाप्चे खोला, ४३ मेगावाटको आँखु खोला, सात मेगावाटको दरमखोला, १५ मेगावाटको सवाखोला, २३ मेगावाटको बलेफी, ४४ मेगावाटको सुपर मादी र ५४ मेगावाटको मध्य तमोर पनि निर्माण अनुमतिपत्र प्राप्त गरेका छन् ।

अनुमतिपत्र लिएका केही आयोजना निर्माणको चरणमा र कतिपयले वित्तीय व्यवस्थापन गरेर निर्माण शुरु गर्ने तयारीमा रहेका विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल निजी क्षेत्रका करिब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । तीमध्ये १३५ मेगावाट क्षमताका १४ आयोजना आव २०७३÷७४ मा सम्पन्न भएका थिए । चालु आवमा प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया निर्माण सम्पन्न हुने छ । निजी क्षेत्रमा नदी प्रवाहमा आधारित करिब ३०० मेगावाट बराबरका आयोजना पनि सम्पन्न हुने छन् । तर हिउँदमा ती आयोजनाबाट उत्पादन हुने विद्युतको मात्रा न्यून रहने छ ।

सरकारको बास्केटमा हालसम्म १२८ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता चार हजार २१ मेगावाट छ । सरकारले एक हजार २४८ मेगावाट क्षमताका आयोजनाको अध्ययन सम्पन्न गरेको जनाएको छ भने सात हजार १३६ मेगावाट क्षमताका ५५ आयोजना अध्ययनको चरणमा छन् । रासस

You may also Like this

थप समाचार

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)
अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)

काठमाडौं – पछिल्लो समयकी सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत माया लगाइको भिडियो सार्वजनिक गरिएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...