मधेसी मोर्चा र प्रहरीबीच झडप, मोर्चाका तीन नेता पक्राउ

२०७४ बैशाख ७ गते १५:०४ मा प्रकाशित


jahadap७ बैशाख, रौतहट । मधेसी मोर्चा र प्रहरीबीच रौतहटको गौरमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ भने पूर्वसभासदसहित तीन जनालाई पक्राउ गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार मोर्चाका कार्यकर्ताहरुले बिहीबार गौरमा लाठी र सिठ्ठी जुलुस निकालेका छन् । जुलुस गौर बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजी गरेको थियो । सरकारविरुद्ध नाराबाजी गरिरहेका मोर्चाका कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

नगरपालिका कार्यालयभित्र क्षेत्रनम्बर ६ बाट निर्वाचित एमालेका सांसद रामकुमार भट्टराईलाई देखेपछि मोर्चा कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरी मोर्चाका कार्यकर्ताहरुलाई तितरबितर पारेको थियो । सो क्रममा पूर्वसभासद रम्भा देवी, रामेश्वर यादव र अरुण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनैजना तमलोपाका नेताहरु हुन् ।

You may also Like this

थप समाचार

डोलेश्वर मन्दिर आजलाई खुला गरियो
डोलेश्वर मन्दिर आजलाई खुला गरियो

भक्तपुर, बैशाख १६ । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेवको मन्दिर आज खुला गरिएको छ । वर्षको तीन दिन मात्र खो ...

कोलकाताको शानदार जित
कोलकाताको शानदार जित

काठमाडौं, वैशाख १५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)  ट्वेन्टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले शीर्ष ...

गायक सुवासको पहिलो एल्बमः तिम्ले छोडेको पल बजारमा (भिडियोसहित)
गायक सुवासको पहिलो एल्बमः तिम्ले छोडेको पल बजारमा (भिडियोसहित)

१४ बैशाख । उदाउदँै गरेका गायक सुवास तिमिल्सिनाको पहिलो एल्बम सार्वजनिक भएको छ । सामाजिक सञ्जाल मार्फत उक्त भिडियो गीत रिलिज ग ...

प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक

काठमाण्डौं, बैशाख १५ । संविधान संशोधन एवं स्थानीय तह संख्या निर्धारणलगायतको विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...