मतदान हाल्ने दिन पानी पर्न सक्ने सम्भावना बढ्यो

२०७४ बैशाख २६ गते ११:१३ मा प्रकाशित


voting२६ बैशाख, काठमाडौं । मौसमविदहरुले स्थानीय चुनावको मतदान गर्ने दिनसम्म पनि पानी पर्नसक्ने पूर्वानुमान गरेका छन् ।

हिजोदेखि नै परिरहेको पानीले कतिपय जिल्लामा चुनाव प्रचार प्रसारको काम प्रभावित भएको छ । चितवनमा पानीसँगै परेको चट्याङले माओवादीका एक उम्मेदवारको मृत्यु भएको छ ।

मौसमविद समिर श्रेष्ठका अनुसार पानी पार्ने मौसमी प्रणाली बैशाख ३१ गतेसम्म नै सक्रिय रहने भएकाले भोट हाल्ने दिन पनि पानी पर्नसक्ने सम्भावना छ ।

गएरातिदेखि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ र पूर्वी तथा मध्य नेपालमा पानी परिरहेको छ । पूर्व र मध्यको तुलनामा पश्चिम नेपालमा कम पानी परेको छ ।

पश्चिम नेपालको नजिक रहेको न्युन चापिय क्षेत्र, नेपालको मध्येभागबाट भारतको ओडिसासम्म बिकसित भएको अर्को न्युन चापिय क्षेत्र र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पूर्वी क्षेत्रबाट नेपालमा छिरेको कारण अहिले पानी परिरहेको छ ।

श्रेष्ठले भने, ‘अझै दुई दिनसम्म पानी पर्छ । लगातार झरी नपरे पनि रातीपख केही कम हुने र बिहान साँझ पानी पर्ने क्रम रहन्छ ।’

उनले अघि भने, ‘पानी पार्ने सिस्टम सक्रिय रहेकाले भोट हाल्ने दिनसम्म पनि पानी पर्नसक्ने हामीले पूर्वानुमान गरेका छौं । पूर्व र मध्ये नेपालका जिल्लामा यसको मुख्य असर परे पनि पश्चिममा कम हुन्छ ।’

अहिले नेपालमा प्री-मनसुन सक्रिय छ । सामान्यता जुन १० तारिखबाट नेपालमा मनसुन सुरु हुन्छ ।

You may also Like this

थप समाचार

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन
सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन

काठमाडौँ । चाबहिल–७ गणेशस्थानमा रहेको सामथ्र्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७औँ वार्षिक उत्सव एवं नयाँ कार ...

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण
अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...