आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

२०७५ बैशाख १० गते १९:४४ मा प्रकाशित


sandip Lamichane Delhi IPL

काठमाडौं– भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदान फिरोज शाह कोट्ला ग्राउण्डमा राति ८ः१५ बजे हुने खेललाई नेपाली दर्शकले समेत उत्सुकताका साथ हेरेका छन्। 

नेपालीहरुमा उत्सुकता बढ्नुको कारण हो दिल्लीमा नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दिप लामिछानेको आबद्धता। आइपीएलमा ५ खेल खेलिसकेको दिल्लीले सन्दिपलाई मैदानमा उतारेको छैन्। आज छैटौ खेलमा सन्दिपले खेल्ने सम्भावनालाई लिएर नेपाली दर्शक उत्सुक देखिएका हुन्।

दिल्लीले नेपाली दर्शकको कौतुहलतालाई अझै बढाइदिएको छ सन्दिप लामिछानेले खेल्न पाउने संकेत गरेर। खेल हुनुभन्दा ३ घण्टाअगाडि ट्वीटरमा सन्दिपसहित युवा खेलाडीको तस्बिर राख्दै दिल्लीले लेखेको छ– ‘टिनेजको अनगिन्ती प्रतिभा’। यो ट्वीटले सन्दिप आज टिममा पर्न सक्ने आशा जगाएको छ। यद्यपी सन्दिप टिममा परेको वा नपर्ने औपचारिक निर्णय केही समयपछि थाहा हुनेछ।

उसो त सन्दिप बेंग्लोरविरुद्धको ५ औं खेलमै टिममा पर्ने खबर आएको थियो। तर, अन्तिम समयमा कप्तानले टिममा फेरबदल गर्दा उनी परेनन्। त्यही दिन उनी सोमबारको पञ्जाबविरुद्धको खेलमा पर्ने खबर आएको थियो। यस हिसाबले पनि सन्दिप टिममा पर्नसक्ने अर्थात पञ्जाबविरूद्ध खेल्न पाउने सम्भावना देखिन्छ। यद्पी अब आजको खेलमा सन्दिपले खेल्न पाउँछन कि पाउँदैनन् त्यो केही समयदेखि थाहा हुनेछ। नागरिक न्युजबाट

You may also Like this

थप समाचार

आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?
आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

काठमाडौं– भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरे ...

रिसाहा मानिसहरुको आयु कति ?
रिसाहा मानिसहरुको आयु कति ?

भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ । हामीलाई यो कुराको हेकका ...

ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?
ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?

काठमाडौं, साउन २८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्क ...

५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !
५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !

१० जेठ, सोलुखुम्बु । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् । उ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...