आइपिएलको पहिलो म्याचमा हैदरावादको शानदार जित

२०७३ चैत्र २४ गते १४:३४ मा प्रकाशित


हैदरावाद, चैत २४ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करण सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय ७ रन बनायो । साविक विजेता टिमका लागि युवराज सिंहले ६२ रन तथा मोईसेस हेन्रीक्सले ५१ रनको योगदान दिए । युवराजले २३ बलमा अर्द्ध शतक प्रहार गरे । आइपिएलमा यो उनको सबैभन्दा तीव्र अर्द्ध शतक हो ।

जवाफमा २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा अलआउट हुनुपुर्व १ सय ७२ रन मात्रै जोड्न सक्यो । बैंग्लोरका लागि क्रिश गेलले ३२ रन, केदार जाधवले ३१ रन तथा ट्राभिस हेडले ३० रन जोडे ।

बलिङतर्फ हैदरावादका आशिष नेहरा, भुवनेश्वर कुमार र रसीद खानले २/२ विकेट लिए । नेहराले टि–ट्वान्टीमा सय विकेट हात पारे । उनी टि–ट्वान्टीमा सय विकेट लिने आठौं बलर हुन् । तर बायाँ हाते बलरमा भने सय विकेट लिने उनी पहिलो खेलाडी हुन् ।

आईपिएल क्रिकेटमा आज बेलुकी राईजीङ पुणे सुपरजायन्ट्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।

 
 
 

You may also Like this

थप समाचार

नेइमारको दाबी- विश्वकपमा म फिट हुन्छु
नेइमारको दाबी- विश्वकपमा म फिट हुन्छु

ब्राजिलीयन स्टार खेलाडी नेइमारले विश्वकप फुटबलका लागि आफू फिट हुने दाबी गरेको छन्। महङ्गो मूल्यमा यसै सिजन पिएसजी गएका न ...

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...