आइपीएल क्रिकेटः दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई हरायो

२०७४ बैशाख २८ गते १०:४७ मा प्रकाशित


delhiकाठमाडौं, बैशाख २८ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई २ विकेटले हराएको छ ।

गुजरातको कानपुरमा बुधबार राति घरेलु टोलीले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले खेलमा दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीका लागि श्रेयस ऐयरले ९६ रन जोडे । ५७ बल सामना गरेका श्रेयसले १५ चौका र २ छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो ।

गुजरातका लागि आरोन फिन्चले सर्वाधिक ६९ रन बनाए । जितसँगै दिल्ली अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

१२ खेलबाट उसको १० अंक भएको छ । समान खेलबाट ८ अंक जोडेको गुजरात सातौं स्थानमा छ ।

आठौं स्थानको बैंग्लोरको ५ अंक मात्रै छ । यी तीन टोलीको प्ले अफ्मा पुग्ने सम्भावना सकिसकेको छ ।

अहिलेसम्म मुम्बई इन्डियन्स प्ले अफमा ठाँउ सुरक्षित गर्दा बाँकी ३ स्थानका लागि चार टोलीहरु कोलकाता, पुने, हैदरावाद र पञ्जाबबीच संघर्ष चलिरहेको छ ।

आईपीएल क्रिकेटमा आज राती मुम्बई इण्डीयन्स र किङ्स इलेभेन पञ्जाब भिड्नेछन् ।

You may also Like this

थप समाचार

संसद् बैठक अवरुद्ध
संसद् बैठक अवरुद्ध

काठमाडौँ । व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । ...

अरुण गाउँपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र चुनावी मैदानमा...
अरुण गाउँपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र चुनावी मैदानमा...

१२ जेठ, भोजपुर । भोजपुरस्थित अरुण गाउपालिकामा नेपाली कांग्रेसको तर्फबाट नेता गजेन्द बहादुर कार्की गाउपालिका प्रमुख पदमा चुनाव ...

घाममा अनुहार डढ्न नदिन यसो गर्नुहोस
घाममा अनुहार डढ्न नदिन यसो गर्नुहोस

जेठ ११ । यतिखेर कडा घाम लाग्छ । थौरै घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ । त्यसैले सक्दो घाममा ननिस्कन पाए हु ...

ललितपुर महानगरः कांग्रेसका चिरीबाबु बने मेयर
ललितपुर महानगरः कांग्रेसका चिरीबाबु बने मेयर

ललितपुर, जेठ १० । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार हर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...