कलाकार भए पछि जस्तोसुकै चरित्रमा पनि घुस्न सक्नुपर्छ : सुजित थापा

२०७३ जेष्ठ ५ गते १३:१३ मा प्रकाशित


नेपाली हाँस्य टेलिफिल्ममा चर्चित नाममध्येका एउटा नाम हो, सुजित थापा  । नेपाली हाँस्य टेलिश्रृंखला भद्रगोलमा “मैले बुझे भान्दाई बुझे” भन्दै दर्शकका मन जित्न सफल उनै माने हुन् सुजित थापा । नेपाली जनतालाई हसाउने कार्यमा लागेका उनै थापा अचेल दमन रुपाखेती निर्देशित हाक्का हाक्की नामक हाँस्य टेलिश्रृंखलामा दुई चरित्रमा देखा परेका छन् । यसअघि घरपेटी बा, सिस्नुपानी झ्याम्मै, भद्रगोल लगायतका विभिन्न हाँस्य टेलिश्रृंखलामा उनले आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् ।  प्रस्तुत छ उनै कलाकार सुजित थापासँगको कुराकानीको सम्पादित अंशः

आजकाल के मा व्यस्त हुनुहुन्छ ? 
आजभोली हाक्का हाक्कीका साथै आफ्नै व्यक्तिगत काममा नै व्यस्त छु ।

यो क्षेत्रमा कसरी लाग्नुभयो ?
मैले सानोमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म लोभी पापी हेरेको थिएँ । त्यसमा भएको गीतले त्यो बेलामा मलाई मनमा छोयो र म त्यो गीत घरमा पनि रमाइलो तरिकाले गाइरहन्थे । मैले गाएको सुनेर एकजना दाइले तँ त यस्तो रमाइलो गरी गीत गाउँछस् तँ हाँस्य कलाकार बन्नुपर्छ भने । त्यतिबेलामा त्यो कुराले साह्रै मन छोयो र हाँस्य कलाकार बन्छु भन्ने एउटा भूत सवार भयो र अहिले यो क्षेत्रमा आइपुगेको छु ।

पहिलो अभिनय गर्दाको अनुभव कस्तो रह्यो ?
मलार्ई यस क्षेत्रमा ल्याउने व्यक्ति भनेको सिताराम कट्टेल धुर्मुस हो । उहाँले मलाई मेरी बास्सैमा एउटा राम्रो रोल दिनुभयो तर त्यो बेलामा एउटा डाइलग बोल्न मलाई धेरै नै गाह्रो भयो तर अहिले बानी परिसकेको छ । अहिले सहज छ । पहिलो पटक डाइरेक्टरले एक्सन भन्ने वित्तिकै जस्तोसुकै मै हुँ भन्ने पनि डराउँदा रहेछन् भन्ने लाग्यो ।

यो क्षेत्रमाकमाइ कम हुन्छ भन्छन् यस्तो अवस्थामा तपाईले आफ्नो जीविकोपार्जन कसरी गरिरहनु भएको छ ?  
यसमा कुरा के भने यो त्रमा पहिलाको स्थितिभन्दा अहिलेको अवस्था अलि माथि उठेको छ । पहिला हाँस्य त्रमा रहेर आफ्नो पेट पाल्न गाह्रो हुन्थ्यो तर अहिले देश विदेशमा हाँस्य कलाकारको नै माग छ प्रत्येक त्रमा हाँस्य कलाकारको माग भइरहेको कारण अहिले सहज छ ।

पछिल्लो समय यो क्षेत्रमा एउटा विकृति के देखिएको छ भने छाडा शब्दहरूको प्रयोग भइरहेको हुन्छ के यसो गर्नै पर्ने हो ?
तपाईको यो कुरामा म पनि सहमत छु । मानिसलाई हसाउनको लागि छाडा शब्दको प्रयोग गर्नैपर्ने भन्ने होइन । तर पनि यस क्षेत्रमा मानिसहरू त्यस्ता शब्दहरूको प्रयोग गर्छन् । र प्रयोग गर्नेहरुलाई पनि म एउटा अनुरोध के गर्न चाहन्छु भने दर्शकलाई णिक रुपमा आफूतिर तान्ने भन्दा पनि दीर्घकालिन रुपमा आकर्षण गर्ने काम गरौँ ।

मानिसलाई हसाउनको लागि कलाकारले मुख विगार्नै पर्ने हो ? मुख्य कुरा त अभिनय होइन र ?
हुन त मुख्य कुरा अभिनय नै हो तरपनि अहिले दर्शकलाई हसाउनको निमित्त मुख, अनुहार आदि विगार्नै पर्ने चलन आइसकेको छ । दर्शक पनि त्यस्तो नै चाहन्छन् ।

तपाईले भद्रगोलमा चल्दाचल्दै छोड्नुभयो नि किन ?
तपाईलाई एउटा कुरा भनौँ कलाकार जहिले पनि कलाकारिताको भोको हुन्छ । मलाई पनि त्यस्तै भयो मलाई भद्रगोलमा भन्दा पनि मुख्य भूमिकामा अभिनय गर्न हाक्का हाक्कीबाट अफर आयो र सबैको सल्लाहमा भद्रगोल छोडेको हो । खासै अरु केही पनि भएको होइन ।

भद्रगोलमा चलेका अर्का एक कलाकारले पनि सिरियल छाडे तपाईको पनि त्यस्तै त होइन नी ?
होइन त्यस्तो होइन । अनि अर्को कुरा कलाकार जहिले पनि स्वतन्त्र हुन्छ । उस्को चाहना अनुरुप जहाँ पनि जान पाउँछ र काम गर्न पाउँछ । उहाँ पनि स्वतन्त्रपूर्वक काम गर्न खोज्नु भयो र आफैँ बाहिरिनु भयो ।

अहिले हाक्का हाक्कीमा दुई चरित्रमा देखा पर्नु भएको छ । कुन चैँ सजिलो छ ?
मानिसले अभिनय गर्नु भनेको नै एउटा चुनौतिको काम हो । कलाकार भए पछि जस्तोसुकै चरित्रमा पनि घुस्न सक्नुपर्छ । यसअघि पनि मैले विभिन्न चरित्रमा अभिनय गरिसकेको छु र अहिलेको जिते र डेविड दुवै चरित्र मलाई सजिलो लाग्छ ।

यस क्षेत्रमा आउन चाहने धेरैनै व्यक्तिहरू छन् उनीहरूलाई के भन्न चाहनुहुन्छ ?
यो त्र देख्दा जति सजिलो भित्र त्यति नै गाह्रो छ । यदि तपाईमा प्रतिभा छ अनि धैर्य गर्न सक्ने क्षमता छ भने मात्र यसमा प्रवेश गर्नुहोला नत्र भने सोखमा मात्र आउनुहुन्छ भने नआउनु होला आफूले यस त्रलाई केही दिन सक्नु जस्तो लाग्छ भने आउन सक्नुहुन्छ ।

अन्तिममा तपाईका दर्शकलाई के भन्न चाहनु हुन्छ ?
मेरा जति पनि दर्शकहरू हुनुहुन्छ उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरू कै माया र ममताबाट म यहाँसम्म आइपुगेको छु । आगामी दिनहरुमा पनि यस्तै माया र साथ को अपो राख्दछु र तपाईले कमेन्टहरु पनि गर्नुहोला जस्तो लाग्छ त्यस्तै रिसाउला, चित्त दुखाउला भनेर चुप लागेर नबसिदिनुहोला यदी कतै हाम्रो कमजोरी छ भने तपाईले भन्दिनु भयो भने सुधार्न पाउनेछौँ ।

साभार : फेवा टाइम्स डट कम

You may also Like this

थप समाचार

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ
देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय ...

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

काठमाडौं, असोज २ । जग्गा खरिद् प्रकरणबाट अतिबिबादमा तानिएका आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । सोमबा ...

प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग
प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग

१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले शेरबहादुर देउवालाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री स्वंयम नि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...