एउटा लेखकको मसी शहिदको रगत भन्दा महत्वपुर्ण हुन्छः साहित्यकार थापा

२०७४ असोज ३० गते २२:३४ मा प्रकाशित


Ramesh Jung Thapa

काठमाडौँ । साहित्य भावनाको भंगालो मात्र हैन मन मस्तिष्कको अनुभुतीसंगै समाज परिवर्तनको आधार पनि हो । कथा, कविता, गीत, गजल तथा अन्य धेरै विधामा भएका अमृतमय शब्दहरुले मान्छेको जीवनमा आनन्द थपिन्छ । यसै पेरि–फेरीमा रेहर अध्यात्मिक ग्रन्थहरुका ज्ञाता तथा कवि, कथाकार रमेश जंग थापासंग केटिएम खबरका लागि रवि भट्टराईले विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः
कवी मान्छे कवीताबाट नै सुरु गरौ है
ठिक छ । म कविता सुनाउछु यो समसामयिक विषयमा लेखिएको कविता हो । यो कविता अलि आम मानिसले नबुझिने जस्तो लागे पनि यो समाजको चित्रण हो । यसमा मैले संस्कृतका शब्दहरु प्रयोग गरेको छु । बर्तमान परिप्रेक्षमा मान्छेहरु निराश र चाहनाहरु धुमिल भएर गएको छ । एउटा क्रान्ति आएर जुन किसिमको परिवर्तन अएको छ यसको चित्रण हो । शिर्षक अन्तक अधिस्वर नामको यो कविता नेपालको बर्तमान पेरिफेरीको विम्ब हो ।
लठ्ठीको हातमा फेरी डण्डा गयो,
कमजोर हातमा पुरानै झण्डा पुग्यो ।
उही अनाश्रुत पात्र पुन देखा पर्यो,
चिल्लो देहमा मोसो दली,
चढेर माथी अट्टाहाँस गरी
घोषणा गर्यो मै हुँ अन्तक अधिस्वर ।। (बाकी भिडियोमा )
अहिले के मा ब्यस्त हुनुन्छ ?
म अहिले साहित्य साधनासंगै आफ्नो काम अनि नेवानी साहित्य समाजको अध्यक्ष भएर साहित्यिक गतिविधिमा संलग्न छु । यहि नै हो केही लेख्दै छु अनि पढ्दै छु । यसैगरी दिनहरु बित्दै छन् ।
अहिले कुन बिधामा कलम चालाउदै हुनुन्छ ?
एक महिना भयो एउटा कथा लेख्दै छु । यो कथा महाभारत कालीन पाँचहजार बर्ष पहिलेको एउटा पात्रलाई आधार मानेर कथा लेख्दै छु र यो कथालाई भबिष्यमा उपन्यासको रुपमा अघि बढाउने मनसाय छ । मैले अहिले चाँही एउटा उपेक्षीत ईतिहाँस पात्रको रुपमा लुकेको पात्र छ र यसलाई म पाठक माझ पुर्याउने प्रयत्नमा छु ।
तापाई साहित्यको साधक मान्छे, साहित्य र राजनीति जोडिन्छ हो ?
कसैले साहित्य राजनीतिसंग जोडिन्छ भन्छन । कसैले सहित्य नै राजनीतिको जग भन्छन तर म चाहीँ फरक तरिकाले लिन्छु । म भन्छु साहित्य बाउन्डलेस छ । अपरिमित छ, यसको सिमा नै छैन । यसलाई राजनीतिले हाक्न हुदैन । जब म कुनै राजनीतिक पार्टीको झण्डाको मुनी बसे भने मैले गरेका साहित्य श्रृजना सोही झण्डा उन्मुख हुन्छन । त्यसैले साहित्यलाई खुम्च्याउन हुदैन भन्ने मेरो कुरा हो ।
लेखनीबाट परिवार पाल्न सकिने वाताबरण छ कि छैन ?
साहित्य म चाँही आनन्दको नीम्ति लेख्छु । यहाँ साहित्यलाई मागी खाने भाडो पनि बनाईएको छ । राता–रात कवी साहित्यकार हुने अनि बिभिन्न मिडियामा छाउने अनि साहित्यकारको पगरी बेच्ने म यसको विरोधी हुँ । यसलाई यसरी लिन हुदैन र आनन्दको रुपमा हेर्नु पर्छ भन्ने मान्छे हुँ म । साहित्यलाई जिवत बृतिको रुपमा नहेरेर आनन्द र आत्म सन्तुष्टिको रुपमा हेर्नु पर्छ । अरविन्द घोषले १८ बर्ष लगाएर सावित्री महाकाब्य लेख्नु भयो । यत्रो समय घोत्लीएर त्यसलाई पैसासंग तुलना गर्न थालियोे भने त घोत्लीएर पैसा त आउदैन नी । हो त्यसैले साहित्य भनेकै आत्म सन्तुष्टिका लागि हुनु पर्यो अनि उत्कृष्ट श्रृजना बन्न सक्छ भन्ने मेरो बुझाई हो ।
तपाई जस्तो सर्जकलाई कतिखेर सन्तुष्टि मिल्छ ?
म जतिखेर आफ्नो रचना पाठकसम्म पुर्याउछु । पाठकले मन पराएको अभिब्यक्ति सुन्छु । त्यति बेला म आनन्दित हुन्छु र मलाई आत्म सन्तुष्टिको महशुस हुन्छ । पाठक र लेखको अनुन्याश्रीत सम्बन्ध छ ।
राता–रात साहित्यकार हुन खोज्ने प्रती तपाईको भनाई के छ नी ?
के भनौ तर मेरो भनाई रात–रात कवी हुन खोज्यो भने उत्कृष्ट बन्न सक्दैनन् । त्यो सस्तो लोकप्रियताको निम्ति मात्रै हुन्छ । त्यसैले १०० पुस्तक पढौ १ पुस्तक लेखौ अनि उत्कृष्ट बन्न सक्छ भन्ने मान्छे हुँ ।
काम्रेडको घोडा नामक कथा पाठकले मन पराउनु भएको छ, त्यसमा के चित्रण गर्न खोजिएको थियो ?
यो कथा द्धन्द सकिए पछी लेखिएको कथा हो । घोडा भनेको जनता र त्यो जनतामाथि चढेर सत्तामा पुग्ने कुरालाई देखाउन खोजीएको थियो ।
तापाँईका रचनामा देशको अवस्था बोली रहेको हुन्छ, भनेपछी देशको चिन्ता तपाईहरुलाई पनि हुन्छ है ?
अबश्य हुन्छ नी । देशमा भएको बिसंगतीलाई हामीले अभिब्यक्ती दिने हो । हामीले बिसंगतिलाई कलमले लेख्ने हो । हामी आर्मी हैनौ, पुलीस हैनौ, हामी त लेखक हौँ । एउटा लेखको मसी, शहिदको रगत भन्दा महत्वपुर्ण हुन्छ भन्ने भनाई छ । एउटै शब्दले पनि ठुला–ठुलो परिवर्तन भएको ईतिहाँस छ ।
आउने पुस्तालाई जो कलम चलाउन चाहन्छन्, उहाहरुलाई के भन्नु हुन्छ ?
मेरो कुरा स्पष्ट छ । सय किताव पढौ, एक रचना लेखौ । पहिलो कुरा पढ्नै पर्छ नपढी लेखेका कुरा फोस्रा हुन्छन । त्यसैले सय कविता पढौ एक लेखा,ै सय कथा पढौ, एक कथा लेखौ अनी मात्र उत्कृष्ट रचना जन्मिन्छ ।
तपाई विज्ञानको विद्यार्थी, सँस्कृत प्रती मोह कसरी जाग्यो ?
ठिक भन्नु भयो । म विज्ञानको विद्यार्थी हुँ । सुरु–सुरुमा लेख्न सक्दिन की भन्ने लाग्थ्यो तर मैले अध्यनको दायरालाई फराकिलो बनाउदै गए । र मैले अध्यात्मिक ग्रन्थहरुमा घोत्लिदै समय विताउन थाले र मैले शब्दकोषको पुरै छान मारे । कयौ महिना शब्दकोष पढेको छु । र हराई रहेका शब्दहरुलाई मैले अफ्ना रचनामा उजागर गर्ने पनि गरेको छु । अध्यनको दायरा बढाउने क्रममा मैले बुझेकी पुर्वीय सभ्यता र हाम्रो अदीम ग्रन्थहरुमा जति ज्ञान छ । त्यसको आधा पनि पाश्चात्य साहित्यमा छैन । छैन भन्दैमा नपढ्ने भन्ने हैन तर हाम्रो साहित्य र ग्रन्थहरु ज्यादै उत्कृष्ठ छन् तर अध्यन गर्नेहरुको कमी छ ।
अन्त्यमा पाठक दर्शकलाई के भन्न चाहनु हुन्छ ?
अन्त्यमा हाम्रो साहित्य, हाम्रो दर्शनलाई जोगाउँ । आफ्नोपनलाई नछोडौ र अध्यनको दायरालाई बढाऔ । शब्दकोषहरुलाई सजाएर राख्ने हैन त्यी शब्दकोषहरुलाई अध्यन गरौ । मनन गरौ, चिन्तन गरौ । अहिले हाम्रो अबस्था घरमा आमाले पकाएको खिरलाई छोडेर भिख माग्न हिडेको अबस्था छ । यसलाई छोड्नै पर्छ । पहिले घरको खिर खाऊँ अनी बाहिरको खानु पर्छ भन्ने मेरो भनाई छ ।
समय र संवादको लागी धन्यबाद
यहाहरुलाई पनि धन्यबाद छ ।
रमेश जंग थापासंगको भिडियो संवाद तलको युटुव लिंकमा हेर्न सक्नु हुनेछः

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...