१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?

२०७४ असोज १७ गते ०९:२१ मा प्रकाशित


interpolafinal

असोज १७, काठमाडौं। असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे ।


जापानमा रहेका नेपालीले तिवारीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत तिवारीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । प्रहरीले तिवारीलाई नेपाल झिकाउन गृह मन्त्रालय गुहार्‍यो ।

गृहले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि पत्रसमेत लेख्यो । तर, जापानी प्रहरीले दुई देशबीच अपराधी बुझाउने कुनै कानुन नभएको भन्दै तिवारीलाई एक सातापछि छाडिदियो ।

तिवारीलाई नेपाल ल्याउन सकिएको भए धेरै महिलाले न्याय पाउँथे । प्रहरी मुख्यालयका अनुसार तिवारीविरुद्ध धेरै महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपसमेत छ ।

प्रहरीको ‘मोस्ट वान्टेड सूची’मा परेका, अदालतले समेत वारेन्ट जारी गरेका र इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएका इयान ब्रेकर एथेन्समा पक्राउ परे पनि उनलाई नेपाल ल्याउन सकिएन ।

अमेरिकी नागरिक ब्रेकर एथेन्स प्रहरीले सन् २०१७ जुनमा पक्राउ गरेको थियो । वन्यजन्तुका छालालगायत अखेटोपहारका तस्कर ब्रेकरलाई नेपाल पठाइदिन प्रहरीले इन्टरपोलमार्फत एजेन्स प्रहरीसँग समन्वय गर्‍यो ।

तर, प्रमाण अभाव भएको र नेपाल पठाउन कुनै कानुन नभएको भन्दै ब्रेकरलाई त्यहाँको अदालतले छाडिदियो ।

यी दुई घटनाका अभियुक्त पक्राउ परेको जानकारी पाउँदा पाउँदै पनि नेपालले स्वदेश ल्याउने मौका गुमायो ।

छिमेकी मुलुक भारत र चीनसँग आपसी समन्वयमा अभियुक्त ल्याउने र बुझाउने काम हुँदै आएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार केही साताअघि मात्रै नेपालले २० मिलियनभन्दा बढी युयान ठगी मुद्दाका चिनियाँ नागरिक किन पिङलाई चीन बुझाएको छ ।

अध्यागमनमार्फत डिपोट गरिएका पिङ नेपालमा पर्यटकका रूपमा घुम्दै आएका थिए ।

अहिले नेपालले मात्रै १५ जना स्वदेशी र दुई विदेशी गरी १७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी छ । सन् २००७ देखि उनीहरू खोजीको सूचीमा छन् ।

त्यसैगरी, भारतको इन्टरपोलले २८, अमेरिकी इन्टरपोलले ५, मिन्स (बेलारुस) ले एक, अबुधावीले १५, कतारले ९, साउदी अरेबियाले ३, पोर्चुगलले एक, पोल्यान्डले एक र बहराइन इन्टरपोलले एक गरी ६६ जना नेपालीको खोजी गरिरहेका छन् ।

प्रहरीले अनुसन्धान गरिरहेकै बेला नाम खुलेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन २२ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । यिनीहरूमा नेपालीसँगै भारतीय, पाकिस्तानीसमेत छन् । (अन्नपूर्ण पोष्ट दैनिकबाट)

 

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...