यी चार जिल्लामा निःशुल्क ईन्टरनेट !

२०७४ बैशाख २२ गते ११:०० मा प्रकाशित


internet२२ बैशाख, काठमाडौं । भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ।

ती जिल्लामा दुई वर्षसम्म निःशुल्क सेवा उपलब्ध गराउने गरी बिहीबार दुई निकायबीच सम्झौता भएको छ। उक्त योजना सम्पन्न गर्न लगभग २१ करोड १६ लाख रुपैयाँ लगानी हुने टेलिकमले जनाएको छ। उक्त जिल्लामा द्रुत गतिको इन्टरनेट पुर्‍याउन नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम प्रयोग गर्नेछ।

सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले हस्ताक्षर गरेका छन्। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा प्राधिकरण अध्यक्ष झाले, ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि सदुपयोग गर्दै भूकम्प प्रभावित जिल्लामा दु्रत गतिको इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमसँग उक्त सम्झौता गरिएको बताए।

ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतका आयोजनामा नेपाल टेलिकम सहभागी भएकोमा कम्पनीलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता आयोजना सञ्चालन गर्न कम्पनीको सहभागिता रहने झाले अपेक्षा गरे।

उक्त अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्राधिकरणले कम्पनीलाई विश्वास गरेर दोस्रो आयोजना कार्यान्वयन गर्न दिएकोमा धन्यवाद दिइन्। उनले उच्च प्राथमिकता दिएर समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

टेलिकमले उक्त चार जिल्लामा उपयुक्त माध्यमबाट इन्टरनेट पुर्‍याउने बताएको छ। राजभण्डारीले उक्त जिल्लामा विस्तृत अध्ययन भइसकेको र ती स्थानमा जिएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्समध्ये स्थानअनुसार जुन प्रविधिबाट सम्भव हुन्छ सोही प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराइने जानकारी गराइन्।

यस आयोजनाअन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, आयुर्वेद केन्द्र, वडा कार्यालय, गाउँपालिका र नगरपालिकाहरुमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ। साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ।

 

You may also Like this

थप समाचार

५३ प्रतिशत मत खस्यो
५३ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ का ८ जिल्लामा अहिले मतदान भइरहेको छ । १३६ ओ ...

कमल थापा भन्छन्, अर्बौं चलखेल
कमल थापा भन्छन्, अर्बौं चलखेल

पोखरा, भदौ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आय ...

यमुना नदीमा डुंगा पल्टिदा २० जनाको ज्यान गयो, कयौ हराए
यमुना नदीमा डुंगा पल्टिदा २० जनाको ज्यान गयो, कयौ हराए

लखनउ, भदौ २९ । भारतको उत्तर प्रदेश राज्यको बागपतबाट करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँ नजिकै यमुना नदीमा बिहीबार बिहान डु ...

समृद्ध मधेश बनाउने आफ्नो एजेण्डा: संयोजक डा भट्टराई
समृद्ध मधेश बनाउने आफ्नो एजेण्डा: संयोजक डा भट्टराई

लहान, भदौ २८ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बना ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...