नेपाल प्रहरीले सुरु गर्यो इन्टरनेट बिनाको इमेल प्रविधि !

२०७४ साउन १ गते १७:४८ मा प्रकाशित


nepal-police१ साउन, काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट बिनाको इमेल प्रविधि (एचएफ रेडियो डाटा) को प्रयोग आजबाट औपचारिक रुपमा सुरु गरेको छ । ५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोगको उदघाटन गरेका छन् ।


रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै एचएफ रेडियो डाटा प्रविधि हो । यो मिलिटरी स्टान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ ।

यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गर्ने हो भने इन्टरनेट चलाउन सकिन्छ । त्यसैगरी इमेल सर्भरमा जडान गरिने हो भने व्यक्तिगत इमेल ठेगाना खोलेर पनि यो प्रविधिबाट इमेल पठाउन सकिन्छ ।

यो प्रविधिको प्रयोगले जहाँ इन्टरनेट सुबिधा छैन त्यहाँबाट इमेल र फोटो पठाउन सकिन्छ । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले उपयोगी हुने नेपाल प्रहरीको विश्वास छ ।

You may also Like this

थप समाचार

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ
देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय ...

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

काठमाडौं, असोज २ । जग्गा खरिद् प्रकरणबाट अतिबिबादमा तानिएका आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । सोमबा ...

प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग
प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग

१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले शेरबहादुर देउवालाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री स्वंयम नि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...