भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै, यस्तो छ उनको दुई दिने भ्रमण

२०७५ बैशाख २८ गते ०८:०६ मा प्रकाशित


Narendra-Modi

४१ सदस्य प्रतिनिधीमण्डलको नेतृत्व गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रबार बिहान सवा १० बजे नेपाल आउँदैछन्। मोदी सिधै काठमाण्डौ नआइ जनकपुर ल्यान्ड हुनेछन्।

भारतीय वायु सेनाको विशेष विमानबाट मोदी जनकपुरको रंगभूमि मैदानमा अवतरण गर्ने छन्। भारतको बिहार राज्यको राजधानी पटनाबाट उनी तीन हेलिकप्टरसहित जनकपुर अवतरण गर्नेछन्। जनकपुरमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्।

यस अघि २०७१ साउन १८ गते १७ वर्षसम्म नेपालमा हुननसकेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई मोदीले तोडेका थिए, तत:पश्चात उनी सोही वर्ष सार्क सम्मेलनको अवसर पारेर मंसिर १० गते दोस्रो पल्ट नेपाल आएका थिए। जनकपुर उत्रिय लगत्तै मोदी जानकी मन्दिरमा पूजाका लागि जानेछन्। उनले नेपालका प्रधानमन्त्री केपी शरमा ओलीसँगै जानकी मन्दिरमा पूजा गर्नेछन्। पूजा सकिएपछि दुबै प्रधानमन्त्रीले रामायण सर्किटको संञूक्तरूपमा घोषणा गर्ने कार्यक्रम छ।

मोदीलाई स्वागत गर्नका लागि प्रम ओली अहिले ७:२०मा जनकपुर जाँदैछन।

पूजापछि मोदीलाई जनकपुर उपमहानगरपालिकाको १२ बिघामा अभिनन्नदन गर्ने कार्यक्रम छ। अभिनन्दनपछि उनले त्यहाँ सम्बोधन गर्नेछन्। करिब दुई घण्टा जनकपुरमा बिताएपछि मोदी भारतीय वायुसेवाको विमानबाट काठमाडौं अर्लिने कार्यक्रम छ। उनलाई त्रिभूवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गर्नेछन्। त्यसपछि विश्रामका लागि मोदी सिधै ह्यात होटल, बौद्ध जानेछन् भने ४ बजे उनलाई टुँडिखेलको सैनिक मञ्चमा गर्ड अफ अनर दिइनेछ। त्यस्तै आज नै उनले उपराष्ट्रपति, राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम छ।

यो भेटपछि शुक्रबार नै दुई प्रधानमन्त्रीबीच साँझ होटल द्वारिकाजमा एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता होटेल द्वारिकाजमै हुनेछ।

सोपछि मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने र त्यहीँ अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय छ।

प्रधानमन्त्री ओलीले साँझ उनको सम्मानमा होटल द्वारिकाजमै रात्रीभोज दिनेछन्।

भ्रमणको दोस्रो तथा अन्तिम दिन मोदी २९ गते बिहान ६ बजे नै मुस्ताङको मुक्तिनाथमा पूजाअर्चनाका लागि जानेछन्। मुक्तिनाथ दर्शनपछि जोमसोम हुँदै काठमाडौं आएर उनले पशुपतिनाथ दर्शन गर्नेछन्। दिउँसो काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा उनको नागरिक अभिनन्दन गर्नेछ। अभिनन्दनपछि  दिउँसो ४ बजे मोदी स्वदेश फर्किनेछन्।

मोदीको दुई दिने नेपाल भ्रमणको कार्यतालिका यस्तो छ:

वैशाख २८ गते शुक्रबार

बिहान ९:१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।

९:३०– जानकी मन्दिरमा पूजा।

१०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।

१:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।

४:००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।

४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।

५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

६:००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

वैशाख २९ गते शनिबार

६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

८:३०– मुक्तिनाथमा पूजा।

१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।

१०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।

११:३०– होटल हायात प्रस्थान।

२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।

३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...