गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

२०७४ चैत्र २० गते १२:०७ मा प्रकाशित


ganesh Lama

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर लामाले इन्काउन्टर गर्न प्रयास गर्नेलाई पेस्तोल ताकेर धम्काएको एक भिडियोमा सार्वजानिक भएपछि यो तथ्य पत्ता लागेको हो ।

गत फागुन ३० गते बेलुका पिंगलास्थानस्थित पशुपती भिजन होटलबाट निस्किएलगत्तै एक व्यक्तिले लामालाई गोली हान्ने प्रयास गरेका थिए। पछि लामाले पेस्तोल देखाएर ती व्यक्तिलाई धम्क्याउँछन्।

भिडियोमा लामा होटलबाट निस्कनुअघि एक गाडी त्यहाँबाट अघि बढ्छ। प्रहरी स्रोतका अनुसार त्यो गाडीमा गणेश लामाका भाई राकेश र उनका साथी मनोज आचार्य थिए।

रातो टिसर्ट लगाएका लामा झोला बोकेर गाडीतर्फ जाँदै गर्दा झगडा भएको थियो। भिडियोमा देखिएअनुसार पेस्तोल उनकै जीउबाट भुईमा खस्छ। त्यही पेस्तोल हातमा लिएर प्रतिद्वन्द्वीलाई उनले तर्साउँछन्। त्यो पेस्तोल लामाको भएको प्रहरीको दाबी छ। सोही आरोपमा उनलाई थुनामा राखी प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा कारबाही अघि बढाएको छ।

लामाले बयानमा बताएअनुसार मास्क र हुक लगाएका एक व्यक्तिले उनलाई पेस्तोल ताकेका थिए। एक राउन्ड फायरसमेत भएको थियो। तर, समयमै आफूले प्रतिवाद गर्दा गोली भुइँमा लागेको उनले बताएका छन्। आफूमाथि आक्रमण भएको पेस्तोल नै त्यहाँ भेटिएको र प्रहरीले बरामद गरेको उनको दाबी छ। तर, भिडियोमा भने उनले नै पेस्तोल लिएर धम्क्याएको देखिन्छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल भने आफूहरुको अनुसन्धानमा सो हतियार लामाकै भएको खुलेको दाबी गर्छन्। ‘लामाकै हातबाट प्रहरीले जबर्जस्ती पेस्तोल खोसेको थियो,’ पोखरेल भन्छन्, ‘त्यहाँ भेटिएको गोलीको खोका त्यही पेस्तोलबाट चलेको पुष्टि भइसकेको छ।’

को थिए आक्रमणकारी ?

लामामाथि गोली हान्न खोज्ने व्यक्ति को थिए भन्ने अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। लामाले आफूले पनि ती व्यक्तिलाई नचिनेको बताएका छन्। प्रहरी स्रोतका अनुसार आक्रमणकारीको हुलिया निर्माण व्यवसायी शरद गौचन हत्याका फरार अभियुक्त रोशन बुढाथोकीसँग मिल्दोजुल्दो छ।

बुढाथोकी गुन्डा नाइके समिरमानसिंह बस्नेतका प्रमुख सहयोगी हुन्। सो समूह र लामा समूहबीच पहिलेदेखि नै दुस्मनी रहँदै आएको छ। न्युज २४ नेपालबाट 

You may also Like this

थप समाचार

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत
डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...