मैले बुझेको साम्यबाद

२०७२ चैत्र २७ गते २३:१५ मा प्रकाशित


रवि भट्टराई,

नेपालमा कम्युनिष्ट पार्टीहरुको उदयसंगै आफुहरुलाई कम्युनिष्ट भन्न रुचाउने पार्टिका उच्च पदमा आशिन नेताहरुले हरेक सभा सम्मेलन तथा भेटघाटमा साम्यबाद, माक्स बाद, लेलिनबाद ,माओबाद अझ माक्स, एङ्गेल्स, लेलीन जस्ता ब्यक्तिको ससम्मान नाम लिएको सुनिरहदा स्कुले अबस्था देखि नै कौतुहलता लाग्ने गथ्र्यो यस्ता नाम धारिहरु को हुन ? र इनिहरुले भन्ने गरेको साम्यबाद के हो ? अझ हामी स्कुल पढदाताका तत्कालिन माओवादि फौज र सरकारी फौज बिच भएको युद्धलाई गाउमा पिल्सिएर नियालेको र तत्कालिन मावोबादिका लालसेनाहरुबाट हामी स्कुले भुराहरुलाई जबरजस्त दिएको प्रशिक्षणले झनै यो बिषयमा मलाई उत्सुक बनाउथ्यो ।

कति मेरा सहपाठिहरु तत्कालिन माओवादि सेनाको प्रशिक्षणमा मोहित भएर स्कुल पढ्दा पढ्दै बन्दुक बोकेर जङ्गल पसे, अहिले कँहा छन् के गर्दै छन् अत्तो पत्तो छैन । तर तत्कालीन माओबादिले हामी स्कुले भुराहरुलाई दिएको साम्यबादि प्रशिक्षण चानचुने थिएन हामी भुराको मनमा साम्यबाद जस्तो जटिल बिषयलाई भरेर त्यसका निम्ति बन्दुक उठाउन तयार पार्ने कुरालाई सामान्य भन्न त नमिल्ला तर त्यो कलिलो आठ नौ कक्षामा पढ्ने जसले सहि र गलत छुट्याउन सक्ने अबस्थामा प्राय हुदैन, त्यस्ता भुराहरुलाई उग्र प्रशिक्षणले मोहित बनाएर युद्धमा होमिन लगाउनु सहि या गलत के थियो यसबारे इतिहासले मुल्याङ्कन गर्दै जानेछ ।

एक दिन हैन दुईदिन हैन दिनैजसो तत्कालीन माओेबादिका भुमिगत नेताहरुले हामी भुराहरुलाई प्रशिक्षण दिएको अहिले पनि मलाई झल झलि सम्झना आउछ , युद्धताका राज्यका सेनाको उपस्थिति महिनामा १ पटक मरेर हुने हाम्रा गाउहरुमा दिनै जसो साम्यबादका गानाहरु गन्किएपछि माओबादीले ओकेलेको साम्यबादि धारणा साच्चिकै राम्रो रहेछ भन्ने पर्नु स्वभाबिक थियो, त्यसैबिचमा शान्ति सम्झौता भयो र मावोबादिले हतियार छोड्यो, चुनाबभा भाग लियो परिणाम मावोबादि सबैभन्दा ठुलो दल हुन पुग्यो तर यो कुनै बादले जितेको थिएन, यो त जनताले नया शक्ति, त्यो पनि युद्धबाट आएको यसले केहिगर्लान कि भन्ने आस अनि बन्दुको त्रासले स्वतस्फुर्त मतदान गरेका थिए तर माओवादि खरो उत्रन सकेन ।

भनौ सत्ताको लागि मात्र दगुरे जस्तो देखिन पुग्यो । अझ साम्यबादका पुरान लेलीन र माक्सका थ्यौरिहरु हुबहु ओकेल्दै उग्र भाषण र आन्दोलन तर्फ उन्मुख हुदै गयो, बिचमा फेरि चुनाब भयो, भाग लियो तर देशब्यापी रुपमा धुलाई खान पुगेपछि हामी परिणाम स्विकार्दैनौ धादलि भयो भनेर उहि जमानाको लेलीनी थ्यौरिका टुक्काहरु जोडेको मैले समाचारमा सुने अब मलाइ के रहेछ साम्यबाद ? हाम्रो देशका माओवादिले चाहेको साम्यबाद कस्तो हो ? भन्ने बिषयमा त्यतिखेरै देखि उत्सुकता बढेको थियो । आखिर साम्यबाद के हो ? सन् १८४० को दशकमा पेरिसमा सर्बप्रथम प्रयोग भएको साम्यबाद शब्दले तिनबोटा अन्तर सम्बन्धित तर प्रष्ट परिस्थीतिलाई बुझाउने रहेछ । आदर्श, कार्यक्रम र स्थापित आदर्शलाई हासिल गर्न एउटा स्थापित शासन प्रणाली । सन् १८४८ मा प्रकासित कम्युनिष्ट घोषणा पत्रमा माक्स र एङ्गेल्सले लेखेका छन् ( कम्युनिष्टहरुको सिद्धान्तलाई एउटै वाक्यमा सार खिचेर भन्न सकिन्छ निजि सम्पतिको खारेजि ) अब मेरो मनमा अहिले ठुलो प्रश्न गढेको छ नेपालमा कति त्यस्ता कम्युतिष्ट छन् जसको निजि सम्पति छैन त ? माक्स र एङ्गेल्सकलाई आदर्ष मान्ने हो भने, साच्चि कै क्रान्तिकारि हुनलाई त निजि सम्पति पार्टिका नाममा हुनु पर्यो नि ? आखिर त्यस्तो छ त ? अनि गाउ स्तर देखि माथि सम्मका क्रान्तिकारी भन्ने हरुले पर्टिका नाममा आफ्नु जाएजेथा दान गर्न सक्लान त ? म लाई त त्यस्तो लाग्दैन ,हो त्यहिभएर आफ्नु निजि सम्पतिको बचाउ गर्ने तथाकथित माओबाद, माक्सबादको नाममा राजनिति गर्ने अनि अवसरको खोजि गर्दै पार्टि चाहार्दै हिड्नेलाई माफ गर्नुहोला मैले माक्सबादि भनेर भन्न सकिन ।

अब माक्स, लेलीनका र एङ्गेल्सका बिषयमा अरु कुनै समयमा मैले बुझे अनुसार लेख्ने प्रयास गर्ने छु, तर मैले स्कुले उमेर देखि नै सुन्दै आएका इनिहरुको नाम अनुसारको सम्मानित काम भने मैले पाउन सकिन या मेरो अध्यन त्यो अबस्था सम्म पुगेको नै छैन । यो बिषयमा पनि म कुनै दिन उतार्ने प्रयास गरौला । तर अहिले यो सुनिरहने माक्सबाद र लेलिनबादका मैले खोजेर भेटेसम्मका बिषेशताहरु कोट्याउने प्रयास गर्छू । माक्सबाद र लेलिनबादका बिषेशताहरु :- १) सैनिक शैलीमा सङ्गठित एक्लो, एकाधिकारबादि पार्टिको शासन र त्यसप्रति कुनै प्रस्न नउठाउने किसिमले सबैले आज्ञामालन गर्नुपर्ने २) बिना कुनै बाहिरि नियन्त्रण यो शासनलाई लागु गरिने ३) उत्पादनका साधन उपर निजि सम्पतिको खारेजि र सोहि अनुसार सम्पुर्ण मानविय तथा भौतिक साधनहरुको राष्ट्रिएकरण, ४) मानब अधिकार प्रति बेवास्ता ५) यस्ता शासन ब्यबस्थाहरुले सतारुढ पार्टि सर्बज्ञाता र सर्व सक्तिमान हुने कुरामा जोड दिने, ६) सबै जसो उधाहरणहरुमा पार्टि भन्ने कुरालाई एकजना नेतामा मुर्तरुप दिदै, सबै मुद्दाहरु एकै ब्यक्तिमा समाहित गर्दै, उसलाई भगवान झै पुजिने । साच्चि कै साम्यवादिहरुले यि माथिका बुधाहरुलाई पछ्याउने रहेछन् ,माक्स र लेलिनले पनि यस्तै बुधाहरुको फलो गरेर भगावान झै पुजिने वाताबरण सिर्जना गरेका होलान् ।

अब फेरि मेरो मनमा प्रश्नले डेरा जमाउछ के यस्ता साम्यबादि अभ्यासहरु हाम्रो देशको माटो सुहाउदो होला त ? अनि एउटै व्यक्तिमा सबै मुद्दाहरु समाहित गरेर ब्यक्तिलाई सिङ्गो पार्टि मानेको खण्डमा ब्यक्ति फटाहा भैदियो भने कस्तो स्थिति सिर्जना होला त ? यो बिषय मरो अन्तर आत्मामा ठुलो प्रश्न गढेर बसेको छ सायद यसको चित्तबुझदो जबाफ मैले पाउदिन होला । अब अनत्यमा म एउटा साधारण मान्छे मलाई कुनै बाद र सिद्धान्त भन्दापनि जनताको पक्षमा निर्णय लिने पार्टि प्यारो लाग्छ यसमा दुईमत छैन, मैले हजारौ पटक सुन्दै आएको साम्यबादलाई मैरो मानसपटलले भ्याएसम्म सारंसमा पोखेको हु । मेरो बिचारमा कुनैपनि पार्टि सक्षमहुन बिचारको प्रबाह, संगठनको गतिसिलता र सक्षम नेतृत्व गुणबाटमात्र राजनैतिक दल जिबन्त हुन सक्छ र यसले मात्र जनताको पक्षमा निर्णय लिन सक्छ हैन भने जुनसुकै बाद आए पनि कसैले केहि गर्नेवाला छैन ।

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...