हर्न बजाउने १७ सयभन्दा बढी सवारी कारबाहीमा

२०७४ बैशाख ८ गते १६:५७ मा प्रकाशित


sawariकाठमाडौं, वैशाख ८ – सरकारले गएको बैशाख १ गतेदेखि लागू गरेको हर्न निषेध अभियानको पहिलो एक हप्तामा १७ सय भन्दा बढी गाडी कारबाहीमा परेका छन् । कारवाहीबाट एक लाख भन्दा बढी राजस्व संकलन भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बैशाख २ गतेदेखि ७ गतेसम्म १७ सय १७ जना हर्न बजाएको अभियोगमा कारबाहीमा परेका छन् । कारबाहीबाट १ लाख २० हजार ४ सय ७९ रुपैयाँ राजस्व उठेको महाशाखाले जनाएको छ ।

कारबाहीमा परेकालाई अहिले ५ सय रुपैयाँ जरिवाना तिराउने गरिएको छ । महाशाखाका अनुसार अभियानको पहिलो दिन हर्न बजाउनेलाई सम्झाई बुझाई छोडे पनि २ गतेदेखि भने कारबाही गर्न थालिएको हो । महाशाखाका प्रहरी नायव महानिरीक्षक मिङमार लामाले हर्न निषेध अभियान लागु गरिएपछि काठमाडौं उपत्यकामा हर्नको आवाजमा ९५ प्रतिशत कमी आएको दाबी गर्नुभयो ।

हर्न निषेध अभियानपछि महाशाखाले सडकमा जथाभावी हिँड्ने तथा जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कडाइका साथ कारबाहीको गरेको छ । जेठको पहिलो हप्तादेखि सडकमा जथाभावी हिड्ने तथा बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवाना वा जरिवाना तिर्न नसकेको खण्डमा केहिबेर नियन्त्रणमा राखिने महाशाखाका प्रहरी नायब महानिरीक्षक लामाले बताउनुभयो । सरकारले अत्यावश्यक बाहेकका अवस्थामा हर्न नबजाउन आग्रह गर्दै बैशाख १ गतेदेखि हर्न निषेध अभियान लागू गरेको हो ।

You may also Like this

थप समाचार

५३ प्रतिशत मत खस्यो
५३ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ का ८ जिल्लामा अहिले मतदान भइरहेको छ । १३६ ओ ...

कमल थापा भन्छन्, अर्बौं चलखेल
कमल थापा भन्छन्, अर्बौं चलखेल

पोखरा, भदौ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आय ...

यमुना नदीमा डुंगा पल्टिदा २० जनाको ज्यान गयो, कयौ हराए
यमुना नदीमा डुंगा पल्टिदा २० जनाको ज्यान गयो, कयौ हराए

लखनउ, भदौ २९ । भारतको उत्तर प्रदेश राज्यको बागपतबाट करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँ नजिकै यमुना नदीमा बिहीबार बिहान डु ...

समृद्ध मधेश बनाउने आफ्नो एजेण्डा: संयोजक डा भट्टराई
समृद्ध मधेश बनाउने आफ्नो एजेण्डा: संयोजक डा भट्टराई

लहान, भदौ २८ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बना ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...