साढे २ लाख पुगिसकेको भ्यू ७० हजारमा झरेपछि चलचित्र हिटलर निर्माणपक्ष चकित

२०७४ बैशाख २१ गते १४:५७ मा प्रकाशित


hitler२१ बैशाख । संभवत, पहिलो पटक हुनसक्छ, सामाजिक संजाल युटुबले एक नेपाली चलचित्रको गीतको भ्यू घटाइदिएको छ । जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिटलर’को ‘जब सम्म’ बोलको गीतको भ्यू अहिले तपाइले हेर्नुभयो भने, ७० हजार मात्र छ ।

तर, यो गीतको भ्यू यति मात्र होइन । यो गीत युटुबमा साढे २ लाख पटकसम्म हेरिएको थियो । तर, चलचित्रको यो गीतको भ्यू ७० हजार आसपासमा मात्र युटुबमा देखाउँछ । साढे २ लाख पुगिसकेको भ्यू बढ्नुको सट्टा घटेपछि यसको निर्माणपक्ष चकित भएको हो ।

आखिर किन यस्तो भयो त ? जर्मनका क्रुर शासक ‘हिटलर’को नामसँग मेल खान गएकाले युटुबले यो चलचित्रको गीतमा मनोपरि गरिरहेको हो । गीतको भ्यू कम देखाउँदा चलचित्रको प्रचारमा समेत अप्ठ्यारो परेको र आफुहरुले बारम्बार युटुबमा यसको बारेमा जवाफ सोधेको निर्देशक सौरभ ढकालले जानकारी दिए ।

सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र कमेडी लभस्टोरी कथामा बनेको छ । चलचित्रको फेसबुक आइडी समेत खोल्न यसको निर्माणपक्षले नामकै कारण पाएन ।hitler-view

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...