हिरोसिमा र नागासाकी ध्वस्त पार्ने बम अ‍ोसारेको पानीजहाज ७२ वर्षपछि फेला !

२०७४ भदौ ६ गते १४:४६ मा प्रकाशित


uss--अमेरिका, भदौ ६ । दोस्रो विश्व युद्धबेला डुबेको ठूलो अमेरिकी पानीजहाज ‘यूएसएस इन्डियानापोलिस’ ७२ वर्षपछि प्रशान्त महासागरमा भेटिएको छ।

१८ हजार फिट तल समुन्द्री सतहमा फेला परेको यो युद्धक पानीजहाजको इतिहास निकै स्मरणीय छ।

दोस्रो विश्वयुद्धबेला इन्डियानापोलिस गोप्य मिसनमा काम गरिरहेको थियो। उसको काम एक ठाउँबाट अर्को ठाउँसम्म परमाणु बम पुर्‍याउनु थियो।

यही क्रममा सन् १९४५ जुलाई ३० मा टिनियनबाट उत्तरी मरियाना टापूसम्म इन्डियानापोलिसले आफ्नो अन्तिम मिसन पूरा गरेको थियो। उसले त्यो गोप्य मिसनमा परमाणु बम पुर्‍याएर आएको थियो, जसमा ‘फ्याट म्यान र लिटिल ब्वाइ’ पनि थिए। तिनै बम जसले जापानको हिरोसिमा र नागासाकी ध्वस्त पारे।

आफ्नो मिसन सकेर फर्किरहेको इन्डियानापोलिसको त्यो नै अन्तिम यात्रा भयो। फिलिपिन्सको समुन्द्र नजिकै गुआम र लायतेको बीचमा इन्डियानापोलिस सदाको निम्ति रोकियो।

जापानका दुई शहर ध्वस्त बनाउने अस्त्र सुम्पेर आएको इन्डियानापोलिस जापानकै आक्रमणमा परेर ध्वस्त भएको थियो। जापानी पनडुब्बीले समुन्द्रमा बगिरहेको इन्डियानापोलिसमाथि राति हमला गरेका थिइ, मात्र १२ मिनेटमा यो डुबेको थियो

यसमा करिब ११९६ जना मान्छे भए पनि ३१६ जना मात्र बचेका थिए। उनीहरु भेटिएको ठाउँमा अत्यधिक मात्रामा सार्क माछाको प्रभाव थियो। धेरैको ज्यान जानुमा यसलाई पनि कारण मानिन्छ। अमेरिकी जलसैन्य इतिहासमै यो सबैभन्दा ठूलो दुर्घटना थियो।

७२ वर्षपछि सन् २०१७ अगस्ट १८ मा यसका बाँकी पाटपूर्जा समुन्द्री सतहमा फेला परेका हुन्। एजेन्सी

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...