‘हिन्दु राज्य’ लविङ गर्दै पूर्वराजा ज्ञानेन्द्र

२०७४ माघ २२ गते १९:४२ मा प्रकाशित


gyanendra

माघ २२, काठमाडौं । तीर्थ यात्रा र पारिवारिक भेटका नाममा पटक–पटक भारत भ्रमणमा गरिरहेका पूर्वराजा ज्ञानेन्द्र ‘हिन्दु राजा’ को पक्षमा लविङ गरिरहेका छन् । यसबारे औपचारिक ज्ञानकारी नगराएपनि सोमबारको भ्रमणबारे उनले हिन्दुत्वबारे आफूले खुलेर छलफल गर्न चाहेको स्पष्ट पारेका छन् ।

भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रले लिएको बाटो व्यवहारिक र सबैलाई मान्य हुनुपर्ने पनि धारणा राखे । पूर्वराजा शाहले रुखका पातहरु झरेपनि जराहरु फेरिन्न भन्दै दृष्टान्त पनि पेश गरे । पूर्वराजा शाह भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । भारत बसाइका क्रममा उनी भारतीय देशी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा पनि सहभागी हुनेछन् ।

यस अघि पुसमा उनी भारत गएका थिए । सो अवसरमा पुस २४ गते उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसँग भेट गरेका थिए । योगी नाथले पूर्वराजालाई आफ्नै निवासमा सम्मान समेत गरेका थिए । आदित्य नाथ पनि हिन्दु राजा हुनुपर्ने मान्यता राख्छन् । साभारःअमर बाणी डटकम

You may also Like this

थप समाचार

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...