सरकारी खर्चमा विदेशबाट हिलो आयात...

२०७४ साउन १५ गते १६:१७ मा प्रकाशित


hiloooooooooooooooo१५ साउन । जाबो विदेशबाट हिलो खरीद गर्नका लागि करदाताको हजारौँ डलर रकम खर्चिन्छ भने त्यस्तो आयातकर्ताको आलोचना हुने नै भयो । न्युजिल्याण्डमै अहिले यस्तै विवाद चलिरहेको छ ।

न्युजिल्याण्डमा हालै ९० हजार अमेरिकी डलर खर्च गरेर दक्षिण कोरियाबाट हिलो आयात गरिएको छ ।


न्युजिल्याण्डको रोटोरुवामा हुने मड टोपिया संगीत महोत्सवका लागि कोरियाली हिलो खरीद गरिएको हो ।

न्युजिल्याण्डको उत्तरी टापु सहर रोटोरुवाका संगीत महोत्वस आयोजकहरुले दक्षिण कोरियाको बोर्योंगबाट हिलो खरीद गरेका हुन् ।

संगीत महोत्वस आयोजकका अनुसार दक्षिण कोरियाबाट हिलो आयात गर्न केन्द्र सरकारले पैसा अनुदान दिएको छ ।

पाँच टन उक्त हिलोले आगामी पाँचवटा संगीत महोत्सवलाई पुग्ने बताइएको छ । आगामी डिसेम्बरमा संगीत र हिलोको संगमको रुपमा संगीत महोत्सव मनाइन्छ ।

स्थानीय सहरमै पर्याप्त माटो भएपनि त्यहाँको माटो पूरानो र मल कुहेको भएको हुँदा त्यसले हिलो खेल्ने मानिसहरुलाई बिरामी पार्नसक्ने भन्दै आयोजकहरुले दक्षिण कोरियाबाट मगाइने माटो कारखानामा बनाइएको ताजा माटो भएको बताएका छन् ।

सरकारी सहयोगमा हिलो आयात गर्ने योजना प्रति न्युजिल्याण्डका बासिन्दाहरुले तिव्र विरोध जनाएका छन् । कतिपयले पैसाको सत्यानास हुनेप्रति सचेत गराएका छन् भने कतिले क्वारेन्टाइनको विषयमा प्रश्न उठाएका छन् । जनताहरु जुत्तामा फोहोर हुँदा समेत भन्सारबाट भित्र छिर्न नपाउने तर सरकारले चाहीँ विदेशबाट हिलो खरीद गर्ने भनेर कतिपयले खिल्ली उडाएका छन् ।

हिलो खरीद गर्ने सरकारी योजनाको विरोध गर्दै न्युजिल्याण्डको करदाता युनियनका प्रवक्ताले संगीत महोत्सवका लागि विदेशबाट हिलो आयात गर्नु भनेको मरुभूमि महोत्सवका लागि दुबईले बालुवा आयात गरेजस्तो रहेको बताए । -बीबीसी

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...