चाहिने भन्दा बढि सुन्दर यी नायिका, नयाँ फिल्म बनाउन प्रतिबन्ध

२०७४ बैशाख १६ गते १२:०२ मा प्रकाशित


beautyबैशाख १६ – २४ वर्षीया कम्बोडियाली नायिका डेनी ननलाई अर्को एक वर्षसम्म नयाँ फिल्म बनाउन प्रतिबन्ध लगाइएको छ । कम्बोडियाली सरकारका अनुसार मिस नन आवश्यकभन्दा बढि सेक्सी छिन् जसका कारण उनलाई प्रतिबन्ध गरिएको छ ।

कम्बोडिया संस्कृति र आर्ट मिनिस्ट्रिका अनुसार उनको फेसबुकमा राखिएको फोटोले आचार संहिताको उल्लंघन गरिरहेको छ । फेसबुकमा उनको संसारभरबाट ३ लाखभन्दा धेरै फलोअर्स छन् ।

यता ननले भने अन्य नायिकाले जस्तो आफूले त्यस्तो केही पनि नगरेको स्पष्टिकरण दिँदै आफूलाई प्रतिबन्ध गरिएकोमा रोष व्यक्त गरेकी छिन् ।

नन भन्छिन्, ‘कम्बोडियामा थुप्रै सेक्सी कलाकार छन् । कोही त सुटिङका बेला मभन्दा बढि सेक्सी पोज दिने गर्दछन्, चुम्बनका दृश्य दिन्छन्, बेड सिन दिन्छन् ।’

ननले तस्बिर पोष्ट गर्ने बेला अब धेरै सेक्सी देखिने फोटो सार्वजनिक नगर्ने बताएकी छिन् । यद्यपी, आफू प्राकृतिक रुपमा नै सेक्सी देखिने गरेको उनको भनाई छ ।

यता डिसिप्लिनरी काउन्सिलका प्रमुख कामरोउन वंथाले भने, ‘मिस ननलाई यो सजायँ दिइएको हो किनभने उनले मन्त्रालयलाई गत मे महिनामा दिएको लिखित प्रतिबद्धतालाई पूरा गर्न असफल भएकी छिन् ।’

ननले एक कम्बोडियाली पत्रिकालाई भनिन्, ‘जब संस्कृति मन्त्रालयका मानिसहरुले मलाई पहिलो पटक बोलाए तब उनीहरुले मलाई छोरीलाई जस्तै गरी सम्झाए । मेरो मान्यता यो छ कि मलाई आफूले चाहेको जस्तो लुगा लगाउन अधिकार छ ।’

ननले भनिन्, ‘मन्त्रालयको आचार संहिताको लक्ष्य कला र संस्कृतिको संरक्षण गर्नु, देशको पहिचान र कलामा पर्ने नकारात्मक प्रभावलाई रोक्नु हो ।’

सरकाले यो कदमका कारण नन अब आउँदो १ वर्षसम्म क्यामराको अगाडि आउन सक्दिनन् ।

You may also Like this

थप समाचार

जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी
जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी

७ असोज । जलेश्वर नगरपालिकामा राजपाका राम शंकर मिश्र प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा राजपाकै मुन्चुन देवी निर्वाचित ...

तिब्र गतिका कारण बस पल्टियो, १० जना यात्रु गम्भीर

कञ्चनपुर, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४ ...

हरिवनमा एमालेका प्रसाई मारे बाजी
हरिवनमा एमालेका प्रसाई मारे बाजी

७ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ । शनिबार सम्पन्न मतगणनाम ...

वीरगञ्ज महानगर को पछिल्लो अपडेट

७ असोज । वीरगञ्ज महानगरपालिका अपडेटः प्रमुख कांग्रेस -७३१४ फोरम - ६८२५ राजपा - ५२१२ एमाले - ३६५२ माओवादी - ३६४४ लो।फोरम - २५३ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...