हामी कम्युनिटीलाई नै ट्रष्ट गर्छौ: अध्यक्ष हेल्प नेपाल नेटवर्क

२०७३ असार १८ गते १६:०३ मा प्रकाशित


आज भन्दा १६ वर्ष अगाडि औपचारिक रुपमा समाजमा केही दिन सकिन्छ, विपन्न वर्गका जनतालाई शिक्षा, स्वास्थ्य जस्ता सम्वेदनशील क्षेत्रमा केही सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यले स्थापना भएको विशुद्ध सामाजिक स्वयम्सेवी संस्था हो हेल्प नेपाल नेटवर्क
आफ्नो उद्देश्यलाई पुरा गर्दै देशमा सकारात्मक कार्यहरु गर्दै आएको यो संस्थाको संस्थापक अध्यक्ष हुन् अरुण सिंह बस्नेत । उनै समाजसेवी बस्नेतसंग हेल्प नेपाल नेटवकको बारेमा www.ktmkhabar.com का लागि रवि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश:

के मा व्यस्त हुनुहुन्छ ?

अहिले म यही हेल्प नेपालको सामाजिक कामहरुमा नै व्यस्त छु । यो संगै मेरा आफ्नो प्राइभेट व्यवसायहरू पनि छन् त्यता पनि समय छुट्याउछु ।

हेल्प नेपाल नेटवर्कको परिकल्पना कसरी गर्नुभयो ?

परिकल्पना भन्दा पनि यसलाई म संयोगको रुपमा लिन्छु । रविन्द्र मिश्र बिबिसी नेपाली सेवामा इल्याण्डमा हुनुहन्थ्यो । म ३५÷३६ साल देखि नै सामाजिक कामहरुमा संलग्न थिए । यो कुरा उहाँलाई पनि थाहा थियो । ३९/४० साल तिर युथ अगेन्स्ट ड्रग रिहाव भन्ने संस्था खोलेर ड्रग न्यूनिकरण गर्न सकिन्छ भनेर लागेका थियौ, यसको पनि म अध्यक्ष थिए । रविन्द्र र म संगसंगै काम गथ्र्यौ । त्यसमा हामी टिसर्टहरु बेचेर संस्था चलाउथ्यौँ । उहाँले चाही के सोचिरहनु भएको रहेछ भने नेपालबाट बाहिर गएका युवाहरु आफ्नो ठाउँमा सफल छन् । उनीहरुबाट केही संकलन गरेर नेपालमा केही गर्न सकिन्छ कि भन्ने सोच्नु भएको रहेछ । यसै क्रममा उहाँ र मेरो इंल्याण्ड मै भेट हुँदा कुरा भयो । उहाँले मैले एउटा काम सोचिरहेको छु तिमी हामी मिलेर गर्न सकिन्छ ? भन्नुभयो । मैले किन नसक्नु, सकिन्छ भनेर भने । कुरा त्यहि रह्यो अगाडि बढेन । त्यतिखेर सबै भन्नु पनि भएन । कन्सेप्ट मात्रै थाहा भयो । त्यसपछि एकै चोटी फोन आयो सन् १९९९ तिर अरुण मैले यस्तो गर्न लागे ? भनेर रविन्द्रको फोन आयो । मैले पनि सकिन्छ भने । नाम के राख्ने ? भन्ने विषयमा फोनमा कुरा भयो । इमेल त्यतिबेला चलनमा थिएन । कुरा गर्दै जादा हेल्प नेपाल राखियो पछि नेटवर्क पनि थपियो । त्यसपछि लोगो पनि डिजाइन गरियो ।

त्यसो भए हेल्प नेपाल नेटवर्क रविन्द्र मिश्र कै कन्सेप्ट हो ?

म त्यही कुरा गर्न लाग्दैछु । वास्तवमा कन्सेप्ट रविन्द्र कै हो । मोटिभेट उहाँले नै गर्नुभएको हो । यसमा अरु साथीहरुको पनि साथ सहयोग ठुलो छ । विस्तारै कार्यक्रम गर्ने क्रममा पहिलो चोटि सन् १९९९मा रविन्द्रजीले लगभग ६३/६४ हजार उठाउनु भयो । अब कहाँ खर्च गर्ने भन्दा रविन्द्र जीहरु इंल्याण्डमा बस्नुभएको मान्छे । कर्णालीमा गर्न पाए हुन्थ्यो भन्नेमा पुग्यौ । के मा गर्ने ? भन्ने कुनै भिजन क्लियर भइसकेको थिएन । शिक्षा र स्वास्थ्यमा गरौन भन्ने भयो । गर्ने त भइयो, थोरै पैसामा के गर्ने ? भन्ने भयो । डोल्पामा मेरो साथी थियो । मैले डोल्पाको साथिलाई सोधे । त्यसपछी स्कुलमा काम गर्ने भयौ । क्राइटएरिया पनि बनायौ । सबै भन्दा धेरै पास हुने स्कुलमा काम गर्ने भयौै । डोल्पाको सरस्वती उमाविलाई सहयोग गर्यौ । ७५/७६ हजार सहयोग गर्यौ ।

 

शिक्षा, स्वास्थ्य बाहेक अन्य क्षेत्रमा हेल्प नेपाल छ कि छैन ?

जब नेपालमा दैविक विपत्ती बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्ति आए यस बखतमा हेल्प नेपाल नेटवर्कले सक्दो सहयोग गर्दै आएको छ । यसमा चाही हामीले व्यक्तिगत नभई सामुदायिक हिसाबले काम गर्ने गरेका छौ ।

यहाँहरुले सहयोग गरि सकेपछि आम मानिसले कस्तो धारणा व्यक्त गर्छन ?

उहाँहरुले गर्ने कृतज्ञता सुन्दै अप्ठ्यारो महसुस हुन्छ । धन्यवाद दिनुहुन्छ, आशिर्वाद दिनुहुन्छ । लाग्छ हामीले पनि सरहानीय काम गरेका थियौ र ? खुशी लाग्छ ।

आर्थिक पक्षमा हेल्प नेपाल नेटवर्क कत्तिको पारदर्शी छ ?

हामी यसमा स्पष्ट छौँ । रिसोर्स पनि खुलाएका छौँ, काम पनि हामी कम्युनिटीमा गर्छाँै । सामान्य समस्याहरु त आइ हाल्छन् तर हामी आफैँ सेटल गर्छौ । भूकम्प पछाडि हामीले लगभग तिन हजार अस्थाई घरहरु बनायौँ । कतै कतै त यसै विषयलाई लिएर वादविवाद हुन्थ्यो तर त्यतिखेर सबैका घर थिएनन् । हामिसँग सबैलाई घर बनाउने रिसोर्स नहुन सक्थ्यो । जति सक्यौ राम्रो गर्यौ । आर्थिक कुरामा कुनै समस्या आएन । हामी कन्युनिटी मोडानिर्टीमा काम गर्छौ, कन्युनिटीलाई नै ट्रष्ट गर्छौ । त्यसैले समस्या आएन र आउँदैन पनि ।

सहयोगी मनहरुले सहयोग गर्न चाहे भने कसरी सहयोग गर्न सक्छन् ?

केही समय यता हामीले अपडेट गर्न पाएका छैनौ तर हाम्रो वेवसाइड छ www.helpnepal.net यसमा सम्पूर्ण कुराहरुको जानकारी छ । बैङ्क अकाउन्ट नम्वर राखेका छौ । सहयोग गर्न चाहनेहरुले जम्मा गर्न सक्छन् ।

प्रशासनिक खर्च चाही कसरी चल्छ नी ?

प्रशासनिक खर्च चलाउन हामिसंग छुट्टै कोष छ । त्यही कोषको व्याजले प्रशासन चलाउँछौ । दाताले जति दिनुहुन्छ त्यति नै कम्युनिटीमा पुर्याउछौँ । दाताको सहयोग रकम कुनैबाट कटाउदैनौ । यो कोषका लागि सिद्धार्थ राणाले एक करोड दिनु भएको छ । अरु हामीले आफैँले उठाएर कोष निर्माण गरेका छौ ।

यत्तिका दिनसम्म आफूलाई सामाजिक काममा समर्पित गरिरहनु भएको छ, कहिलेकाही दिक्क महशुस हुदैन ?

दुखमा निराश हुने र सुखमा थोरै हौसिने सामान्य प्रक्रिया हो । तर पनि सेवा नै धर्म हो भन्ने मान्यता बोकेर हिडेको मान्छेलाई समाज सेवा गर्न पाउदा हृदय देखि नै खुशी महशुस हुन्छ ।

आगामी दिनहरुमा हेल्प नेपालको कार्यदिशा कस्तो रहन्छ ?

हाम्रो दुई वटा उद्देश्यहरु छन् । एउटा सम्बन्धित ठाउँमा पुगेर त्यहाँको कम्युनिटीसंग काम गर्ने । अर्को चाही सेन्स अफ च्यारिटीलाई बढुवा दिने, सिकाउने । अब ति दुवै कार्यलाई संगसंगै अगाडि बढाउँछौ । अव भूकम्पसँग सम्बन्धित कामहरुमा साना साना कामहरुलाई छोडेर ठुला ठुला भवन निर्माणमा लागिरहेका छौ । एउटा सिन्धुपाल्चोक र अर्को धुलिखेलमा स्कुल निर्माण हुदै छ । त्यसैका लागि लागिरहेका छौ ।
आगामी दिनहरुमा यसै गरि नै शिक्षा, स्वास्थ्य तथा विकाश निर्र्माणमा अग्रणी भूमिका खेल्ने छौ ।

फोटोः सुरज गौतम/ktmkhabr.com

You may also Like this

थप समाचार

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...