पन्ध्रौँ हस्तकला व्यापार मेला हुदैँ

२०७४ भदौ १८ गते १७:१५ मा प्रकाशित


HatkLकाठमाडौँ, भदौ १८ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी हुने भएको छ ।

वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकाको सहयोगमा हस्तकला व्यवसायको विकास विस्तार तथा प्रवर्द्धनका लागि उक्त मेला आयोजना गर्न लागिएको हो ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले महासंघले नेपाली हस्तकलालाई आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि हरेक वर्ष झैँ यो मेला आयोजना गर्न लागेको जानकारी दिए । मेलामा धातु मूर्तिकला तथा धातुजन्य सामान, चाँदीका गरगहना तथा सामान, पश्मिना, सुती एवं ढाकाका सामान, हाते कागजका सामान, काष्ठकला, प्रस्तरकला, छालाजन्य वस्तु, ऊनीजन्य वस्तु, उपहारका सामान मेलामा राखिने अध्यक्ष शाक्यले बताए । मेलामा छ मण्डपसहित २५० कक्ष रहने महासंघले जनाएको छ ।

महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मीले मेलामा अन्तर्राष्ट्रिय सहभागीका रुपमा भारत, पाकिस्तान, बंगलादेश, चीन, भुटान आदि मुलुकबाट उद्यमी व्यवसायीको सहभागिता रहने जानकारी दिए । उनले महासंघले हस्तकला व्यवसायको विकास विस्तार तथा प्रवर्द्धनका लागि विसं २०४८ देखि २०७३ सम्म १४औँ पटक व्यापार मेला आयोजना गरिसकिएको जानकारी दिए । यसका अलावा मेलामा उत्कृष्ट कक्ष तथा मण्डप प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त शीप प्रदर्शन, मेलामा प्रदर्शन हुने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त सांस्कृति सम्पदा प्रदर्शन र ‘बि टु बि’ बैठक हुने जनाएको छ । रासस

You may also Like this

थप समाचार

सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन
सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन

काठमाडौँ । चाबहिल–७ गणेशस्थानमा रहेको सामथ्र्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७औँ वार्षिक उत्सव एवं नयाँ कार ...

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण
अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण ...

मेलम्चीको पानी आउन ६ महिना लाग्ने
मेलम्चीको पानी आउन ६ महिना लाग्ने

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि ...

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...