विद्यार्थीलाई आवश्यक पर्ने सम्पुर्ण कुराहरु उपलब्ध गराएको छ प्रोलिफिकलेः डाईरेक्टर श्रेष्ठ

२०७४ जेष्ठ ३० गते ०७:५९ मा प्रकाशित


काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवाती भएसंगै विद्यालयहरुले विद्यार्थी केन्द्रित गतिविधिहरुलाई प्रभावकारी हुने गरी विभिन्न माध्यमहरुबाट विद्यार्थीहरुको पहुँचमा पुगिरहेका हुन्छन, विद्यार्थीहरु पनि कुन स्कुल पढ्ने ?, कसरी स्कुल छान्ने ? भन्ने कुराहरुमा केन्द्रित भएका हुन्छन् ।
सोही कुराको जानकारी गराउँनका लागि केटिएम खबरले विभिन्न शैक्षिक संस्थाको जानकारी दिने हेतुका साथ विभिन्न स्कुलका प्रतिनिधिहरुसंग स्कुल विशेष भिडियो सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले धुम्वाराहि हाईटमा रहेको प्रोलिफिक उच्च मावीका फाउण्डर/डाइरेक्टर हरि श्रेष्ठसंग विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Hari Shrestha
यति बेलाको व्यस्तता कस्तो छ सर ?
नयाँ भर्ना भईरहेको छ । यसैका लागि व्यस्त छौँ । अभिभावकहरुलाई कसरी कन्भिन्स गर्ने, अहिलेको यो ग्लोबल शिक्षालाई विद्यार्थीलाई अझ पुर्याउँन अथवा देशलाई चाहिने राम्रो जनशक्ति कसरी उत्पादन गर्ने भन्ने विषयमा हामी व्यस्त छौँ ।
प्रोलिफिक उच्च मावी कस्तो स्कुल हो ?, कहिले स्थापना भएको हो ?
हाम्रो स्कुल २०५२ सालमा स्थापना भएको हो । थोरै विद्यार्थीबाट सुरु गर्यौ । विस्तारै अगाडी बढाउँने क्रममा २०६० सालमा हामीले प्लस टुमा पनि अध्यन गराउँन सुरु गर्यौ ।
अहिले हेर्ने हो भने हामीसंग लगभग ६५० जना विद्यार्थीहरु छन् । सबैको साथले आज हामी यहाँसम्म आउन सफल भएका छौँ । प्रोलिफिक एउटा चिनिएको नाम बनेको छ जसले गर्दा पनि खुशि छौँ हामी ।
विशेष गरी प्रोलिफिकले कस्ता विद्यार्थीलाई समेट्छ ?
शिक्षालाई व्यापारको रुपमा नजाउँ । शिक्षालाई व्यापारीकरण गर्यो, यसमा पैसा कमाउँने थलो बनायो अहिले भन्न थालेका छन तर यो आरोपलाई छिचोल्दै प्रोलिफिकले निम्न देखि उच्च वर्गका विद्यार्थीहरुलाई समेट्ने हामीले कोशिस गरेका छौँ ।
उच्च वर्गलाई पनि उनीहरुले चाहेको, खोजेको शिक्षा हामीले प्रदान गरेका छौँ । मध्यम वर्गलाई समेटेका छौँ । स्कलरसिपको माध्यमबाट हामीले निम्न वर्गका विद्यार्थीलाई पनि समेट्दै आएका छौँ । पैसा कै कारणले शिक्षाबाट वञ्चित हुन हामी दिदैनौ । यसका लागि प्रोलिफिक अग्र स्थानमा छ ।
प्रोलिफिकलाई चलाउँने टिम कस्तो छ ?
शिक्षक, शिक्षिकाको कुरा गर्नु पर्दा लामो समय देखि क्रियाशिल रहेका जसको लामो अनुभव छ । उहाँहरुलाई हामीले अवसर दिएका छौँ । त्यस कारणले पक्कै पनि शिक्षा दिने कुराहरु राम्रो नै हुने भयो ।
यहाँको वाताबरणको कुरा गर्ने हो भने हामीसंग ठुलो स्पेस छ । जसले गर्दा जुनसुकै क्रियाकलाप गर्नका लागि असहज छैन । विद्यार्थी मैत्री छ । भुकम्प प्रतिरोधि भवन छ ।
अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको आकर्षण बढ्दो रुपमा छ यी कुरालाई प्रभावकारी बनाउँन प्रोलिफिकले के कस्ता गतिविधिहरु गर्दै आईरहेको छ ?
हामीले प्रदान गर्ने हाम्रो अतिरिक्त क्रियाकलापलाई हेर्ने हो भने प्रोलिफिक दिन प्रति दिन अग्रणी स्थानमा उक्लदै छ ।
गत वर्षको उपत्यका व्यापी राष्ट्रपति कपमा पनि हाम्रा १ जना छात्राले दोश्रो स्थान र छात्रले पनि रनिङ प्रतियोगितामा दोश्रो स्थान हासिल गरेका थिए ।
खेलकुदलाई विकास गर्ने उद्देश्यले गत एस ई ई सकिने वित्ति कै पहिलो प्रोलिफिक बास्केटबल एस ई ई टुनामेन्ट भनेर लगभग ५२ वटा टिमलाई हामीले समेटेर नाम चलेका स्कुलका विद्यार्थीहरु पार्टिसिपेट हुन आए । आएका विद्यार्थीहरुले पनि ओहो, प्रोलिफिक साच्चि कै राम्रो रहेछ, खेल क्षेत्रमा साच्चि कै राम्रो प्रगति गर्दै रहेछ भन्ने प्रतिक्रिया पायौँ । यसले गर्दा पनि हामी धेरै खुशि भएका छौँ ।
प्रोलिफिक उच्च मावीका फाउण्डर/डाइरेक्टर हरि श्रेष्ठसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !
सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !

२ भाद्र, एजेन्सी । बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस् ...

२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !
२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !

२ काठमाडौं, भदौ । गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दि ...

निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन
निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन

काठमाडौं, भदौ २ । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ ।  ...

पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा
पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा

काठमाडौं, भदौ २ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...