शिक्षाको त्रिपक्षिय हितका लागि कार्य योजना बनाएको छुः प्याब्सन काठमाडौँ अध्यक्ष श्रेष्ठ

२०७३ चैत्र २१ गते १३:४४ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष हुन हरि कृष्ण श्रेष्ठ । यसैगरी विद्या व्यायाम इंग्लिस हाई स्कुलका फाउण्डर/प्रिन्सिपल रहेका श्रेष्ठसंग केटिएम खबरले समग्र शिक्षा क्षेत्रको अवस्था तथा नयाँ शैक्षिक सत्रमा विद्या व्यायाम किन रोज्ने ? भन्ने विषयगत कुराकानी गरेको छ ।

प्रस्तुत छ केटिएम खबरका लागि श्याम कार्कीले उनै श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अंशः

Hari Krishna Shrestha
के छ सर अहिलेको कार्यतालिका ?
खासगरी काठमाडौँ प्याब्सन अहिले समग्र शैक्षिक जगतलाई व्यबस्थापन गर्ने हिसाबले र आफ्नो संगठलाई मजबुत बढाउका लागि प्याब्सन काठमाडौँले १३ औँ अधिवेशनले जे मार्गनिर्देशन दिएको छ । त्यो कार्य योजना बनाईरहेको सन्दर्भमा अहिले हामी शैक्षिक सत्र २०७३ को अन्तिम संहारमा छौँ । ७४ सालको शैक्षिक सत्र हाम्रो विचमा आईसकेको छ र समग्र विद्यालयहरुलाई आगामी शैक्षिक सत्र २०७४ मा नेपाल सरकारको मातहतमा रहने गरी, नेपाल सरकारले जे खालको निति तर्जुमा गर्छ त्यस अन्तर्गत रहेर हामीले शैक्षिक योजनालाई बनाउँने, विभिन्न खालका क्यालेण्डरहरुलाई फलो गर्ने, विभिन्न कार्यक्रमलाई शैक्षिक सत्र भित्र विद्यार्थीको समग्र विकास, शिक्षकहरुको समग्र विकास र संस्थागत लगानीकर्ताकहरुको समग्र विकासको बारेमा हामी चिन्तन भएर आगामी शैक्षिक सत्र २०७४ लाई अगाडी बढाउँने पक्षलाई लिएर कार्य योजना बनाएर अगाडी बढिरहेका छौँ ।
हरि सर यहाँ लामो समय देखि शिक्षा क्षेत्रमा नै आवद्ध हुनुहुन्छ, समग्र शैक्षिक हक, हितको पक्षमा लागिरहनु भएको छ र अहिले योे जिम्वेबारीमा पनि हुनुहुन्छ । अहिले विकसित मुलुकको तुलनामा हाम्रो देशको शिक्षा कहाँ छ ?, के महशुस गरिरहनु भएको छ ?
वास्तबमा निजी विद्यालयहरुले राष्ट्रिय शिक्षा नीतिलाई जुन ढंगले परिपालन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खपत हुने जनशक्ति उत्पादन गर्ने हिसाबले नीजि विद्यालयले महत्वपुर्ण भुमिका खेलिरहेको सन्दर्भमा छ र यतिहाशिक कालखण्ड र अहिलेसम्मको परिवेशमा नीजि विद्यालयले राष्ट्रिय आवश्यकतालाई मनन् गरेर हामीले नयाँ परिवर्तनसंग जे ढंगले घुलिन हुनु पर्ने अवस्था थियो । त्यसलाई परम्परागत एउटा शिक्षा प्रणालीलाई हामीले विस्तारै परिस्कृत गर्दै नयाँ खालका एउटा आइटीसंग सम्बन्धित कुराहरु, हिजो जस्तो खालको पठन पाठनको व्यबस्था हुन्थ्यो । त्यसलाई आज त्यो भन्दा ठुलो ढंगले मैत्रीपुर्ण विद्यालयका विद्यार्थीको मैत्रीपुर्ण शिक्षाको वाताबरण बनाउने देखि लिएर शिक्षालाई त्यही ढंगले व्यबस्थापन गर्ने हेतुको हिसाबले हामी अगाडी बढि रहेका छौँ । अन्तराष्ट्रिय रुपमा जे जस्तो किसिमले एउटा शिक्षामा तिव्र विकास भईरहेको छ । त्यो वास्तबमा विश्व सामु हामी नेपालमा रहेका विद्यालयले हुनत त्यस्ता खालका विद्यालयहरु छन तर यद्यपी अन्तराष्ट्रिय प्रतिपर्धामा हामी एउटा कछुवा गतिमा भए पनि तर शिक्षालाई विकास गर्ने कुरा र परिमार्जित, सुधार गर्ने कुरामा नेपालले गुणात्म रुपमा फड्को मार्ने हिसाबका साथ अगाडि बढिरहेको छ ।
प्याब्सन काठमाडौँको सरले नेतृत्व दिईरहनु भएको छ, अबका दिनहरुमा यहाँहरुको भुमिका के रहन्छ ?
मुलुक संघियता तर्फ अगाडी बढि रहेको छ । अहिले शिक्षाको क्षेत्रमा संविधान आफैले पनि शिक्षाको एउटा दायित्वबोध, शिक्षाको एउटा नेतृत्व गर्ने अंगको रुपमा प्रदेश सरकार र स्थानिय तहको सरकारलाई दिईसकेको अवस्थामा प्याब्सनले पनि त्यही ढंगको संरचना निर्माण गर्ने हिसाबमा अगाडी बढाईरहेका छौँ । अहिले देशमा ७४४ ओटा स्थानिय तहको सरकार गठन भएसंग संगै प्याब्सन केन्द्र पनि त्यही ढंगले आफुलाई जिल्लागत रुपमा ७३ जिल्लामा आफ्नो जिल्ला कार्य समिति मार्फत प्याब्सनले आफ्नो गतिविधि बढाईरहेको छ र जिल्ला मातहत पनि धेरै खालका क्लष्टर भरी नै संगठन निर्माण गरी हिजो अगाडी बढिरहेका थियौँ भने आज स्थानिय तह मै जुन हाम्रो शिक्षाको तहको एउटा सरकारी निकाय तह भएकाले हामीले त्यही खालका संरचना बनाएर अब प्याब्सनलाई पनि सुदृढ ढंगले अगाडी बढाउँने र शिक्षालाई पनि सोही बमोजिम नेपाल सरकारले जे खालका व्यबस्था गरेको छ त्यही ढंगले प्याब्सनले पनि संगठन निर्माण गरेर त्यहाका स्थानिय विशेषताको आधारमा श्रृजनात्मक खालका शिक्षालाई पद्धत्तीसंग विकास गर्न हामी अगाडी बढिरहेका छौँ ।
यहाँको नेतृत्वलाई प्रभावकारी बनाउन के कस्ता कार्य योजनाका साथ यहाँ लागि रहनु भएको छ ?
वास्तबमा व्यक्ति प्रधान हैन, नीति प्रधानले संगठन अगाडी बढ्नु पर्छ भन्ने मान्यता प्याब्सनको स्पष्ट छ । ४७ सालमा प्याब्सन स्थापना भईसके पछी विभिन्न अग्रज व्यक्तित्वले जे ढंगले राष्ट्रिय शिक्षाको विकासका लागि नेतृत्व गर्दै अगाडी बढ्नु भयो । त्यही सकारात्मक विचारहरुलाई बोक्ने र अहिले परिवर्तित परिस्थिति अनुसारको संरचनामा शिक्षा क्षेत्र जुन व्यापक ढंगले अगाडी बढिरहेको छ त्यसलाई मिल्ने किसिमले प्याब्सनले कार्य योजना अगाडी बढाउछ र हिजोको दिनहरुमा अपुग कुराहरु प्याब्सनले विधानगत गर्नु पर्ने कुराहरु र राष्ट्रिय परिषदमा खेल्नु पर्ने भुमिकाहरुमा केही केही अपुग कुराहरु थिए । त्यति बेला परिस्थितिबस् पुरा गर्न नसकेका कुराहरुलाई अहिले हामीले वर्तमान कालमा मेरो नेतृत्वमा रहेको कार्य समितिले त्यी अपुर्ण कुरालाई पुर्ण गर्ने र भोली विभिन्न खालका प्रिन्सिपलका विचबाट आएका विभिन्न सुझाबलाई मध्यनजर गरेर त्यहाँको जे निष्र्कर्ष निस्कन्छ त्यो कुरालाई सदस्य विद्यालयमा समग्र शिक्षकको हितको पक्षमा, विद्यार्थीको चौतर्फि विकासको पक्षमा र लगानीकर्ताको लगानीलाई सुरक्षा गर्ने कुरामा हामी योजना बनाएर अगाडी बढ्छौँ ।
अब स्कुलमा केन्द्रित रहौँ सर, विद्या व्यायामको हकमा ०७३ को शैक्षिक सत्र कस्तो रह्यो ?
विद्या व्यायाम स्कुल आफैमा पनि एउटा इतिहास बोकेको विद्यालय हो । झण्डै आज भन्दा ३३ बर्ष अगाडी नीजि क्षेत्रमा विद्यालय नचलेको अवस्थामा हामीले हाम्रो संस्थापक अहिलेको निर्देशक तथा विद्यालय व्यबस्थापन समितिको अध्यक्ष अमृता शर्माको नेतृत्वमा सुरु भएको हो । यो विद्यालयमा हामीले योग्यतावान शिक्षकहरुलाई परिचालन गरेर यहाँहरुको अभिभावकहरुको सन्तुष्टिलाई परिपुर्ति गर्ने हिसाबमा हामीले विभिन्न योजना बनाएर शिक्षालाई परिमार्जित रुपमा आएका व्यबस्थाहरुलाई मिलाउने किसिम र हिजो एउटा परम्परागत रुपमा शिक्षा दिने चलन थियो भने आज क्रियटिभ ढंगले, बाल शिक्षण मेत्री ढंगले अगाडी बढ्ने देखि लिएर अभिभावहरुबाट आएका सुझाबहरुलाई पनि लिएर अब विद्यालयहरु कसरी अगाडी बढ्नु पर्छ भन्ने कुरामा विभिन्न समयमा छलफल गरेर उहाँहरुको आवश्यकता अनुसारको सुझाबलाई संकलन गरेर हामीले सर्बसुलभ तरिकाबाट हामीले शिक्षालाई अगाडी बढाईरहेका छौँ । हामीले १९ औँ व्याचको एसएलसी पार गरिसकेका छौँ । हिजोको दिनहरुमा हाम्रो विद्यालयले राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएर राम्रो नतिजा ल्याउने भुमिका खेलको छ । त्यसमा उनीहरुको शारिरिक, मनोबैज्ञानिक किसिमको बृद्धि, विकासका लागि त्यही ढंगको योजना बनाएर अगाडी बढिरहेको छ ।
हरि कृष्ण श्रेष्ठसंगमो थप कुराकानी तथा भिडियो कुराकानीको लागि तलको युटुब लिंकमा जानुहोसः

 

You may also Like this

थप समाचार

भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस
भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस

काठमाडौं, साउन १२ । भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृहमन्त्रालयलाई अनुरोध ग ...

पाँच दिनदेखि उडान ठप्प, सर्वसाधारण मर्कामा

११ साउन । भोजपुरको एक मात्र विमानस्थल टक्सार विमानस्थलमा ५ दिन देखि उडान ठप्प हुदाँ सर्वसाधारण नागरिक मर्कामा परेका छन् । लाम ...

बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन
बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन

भक्तपुर, साउन ११ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्ण ...

अब फ्रि इन्टरनेट !
अब फ्रि इन्टरनेट !

काठमाडौं, साउन ११ । नेपाल दूरसञ्चार प्राधिकरणले देशका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीमा निःशुल्क इन्टरनेट सेवा वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...