८७ जना गुण्डामाथि निगरानी

२०७४ बैशाख २७ गते ११:५७ मा प्रकाशित


all-gundaaचितवन, वैशाख २७ । चुनावको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर बुधबारदेखि निगरानी बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको हो । प्रहरीले टोले, फ्याउरे, संरक्षित, व्यावसायिक र आपराधिक गरी उनीहरुलाई वर्गीकरण गरेर निगरानी बढाएको थापाले बताउनुभयो ।

निगरानी बढाएकामध्ये एक जनालाई भने पक्राउ गरिसकेको जनाएको छ । उनीहरुमाथि बुधबार र बिहीबार कडाइका साथ निगरानी गरिने भन्दै उहाँले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न विगतमा गुण्डागर्दी गर्नेको अहिलेको क्रियाकलाप बुझ्ने काम भइरहेकोे बताउनुभयो । व्यावसायिक र आपराधिक गुण्डागर्दी गर्ने निर्वाचनको मौन अवधिमा परिचालन हुनसक्ने भन्दै प्रहरी चनाखो बनेको हो ।

प्रहरीले निर्वाचन विरोधी गतिविधि बढाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २३ जना कार्यकर्तालाई विभिन्न समयमा नियन्त्रणमा लिएर राखेको छ । रासस

You may also Like this

थप समाचार

प्रधानमन्त्री देउवा गृहजिल्ला जादैँ, मतदानपछि मात्र फर्किने
प्रधानमन्त्री देउवा गृहजिल्ला जादैँ, मतदानपछि मात्र फर्किने

८ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोली आफ्नो गृहजिल्ला डडेल्धुरा जादैँ छन् । देउवा भोलि शुक्रवार ७ नम्बर प्रदे ...

यी हुन् अति संवेदनशील ७० वटा मतदानस्थल !
यी हुन् अति संवेदनशील ७० वटा मतदानस्थल !

८ असार । नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहअन्तर्गतका ७० वटा मतदानस्थललाई ‘अति संवेदनशील&rsqu ...

कतारमा पशुहरु पनि संकटमा
कतारमा पशुहरु पनि संकटमा

८ असार । कतारमाथि विभिन्न मुस्लिम मुलुकले नाकाबन्दी लगाएपछि त्यसको प्रत्यक्ष असर पशुहरुमा पनि पर्न थालेको छ। साउदी अरेबियाले ...

ट्रिपरले बाइकलाई ठक्कर दिदा सासुको ज्यान गयो, बुहारी गम्भीर
ट्रिपरले बाइकलाई ठक्कर दिदा सासुको ज्यान गयो, बुहारी गम्भीर

७ असार । सर्लाहीको मलंगवा नगरपालिका-७ मुसैलीमा बुधबार ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । एक महिला घाइते भएकी छन् । द ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...