गुलाब जल कसरी बनाउने ? यसका फाईदाहरु के के हुन ।

२०७४ असार ५ गते १८:१६ मा प्रकाशित


images (1)गुलाबको फूल जहाँपनि सजिलै फुलाउन सकिन्छ । बगैंचामा ढकमक्क फूल्ने गुलाबले घरको शोभा दिन्छ । गुलाबको फाइदा अरुपति छन् । खासगरी सौन्दर्य बढाउनका लागि गुलाब निकै उपयोगी सावित भइसकेको छ । गुलाबको जल बनाएर अनुहार तथा केसमा प्रयोग गर्न सकिन्छ । यसले छालाको पीएचको स्तर पनि ठीक राख्छ । छालालाई सफा गर्नका लागि गुलाब जल उपयोगी हुन्छ ।

गुलाबको फूल विभिन्न रंगको हुन्छ, जसलाई सजावट, कस्मेटिक उत्पादनदेखि औषधी बनाउन सम्म प्रयोग गरिन्छ ।

कसरी बनाउने गुलाब जल ?

गुलाब जल बजारमा सजिलै पाइन्छ । यद्यपी यसलाई प्राकृतिक ढंगबाट घरमा पनि बनाउन सकिन्छ ।

गुलाब जल बनाउनका लागि तीन चिज आवश्यक हुन्छ, गुलाबको फूल, पानी र बरफ -आइसक्युब) ।

–   २ सानो कचौरामा पानीमा करिब १५ पत्र गुलाबको फूल राख्ने ।

–   कचौरालाई आगो माथि राख्ने । उक्त कचौरामाथि अर्को कचौरा राख्ने, जहाँ पहिलो कचौराबाट उडेको बाफ उडेर ठोक्किन्छ । त्यस कचौरामाथि बरफको टुक्रा राखिदिने ।

–   यसरी बाफ जब अर्को कचौरामा ठोक्किएर पानी बन्छ । त्यही नै गुलाब जल हो । यो एकदमै प्राकृतिक ढंगबाट तयार गरिएकाले नराम्रो असर गर्दैन ।

किन प्रयोग गर्ने गुलाब जल ?

१. गुलाब जलले छालालाई स्वस्थ्य बनाउन सकिन्छ । थोरै कपास गुलाब जलमा डुबाएर त्यसलाई अनुहारमा लगाउनु पर्छ । छालामा रहेको फोहोर मैला निस्कन्छ ।

२. नरिवलको तेलमा केहि गुलाब जल मिसाएर केसमा लगाउनु पर्छ । केस नरम, मुलायम र चम्किलो देखिन्छ ।

३. कुनैपनि घाउमा गुलाब जल लगाउनु पर्छ , यसले राम्रो औषधीको काम गर्छ ।

छालाका लागि

–   छालालाई नरम बनाउँछ ।

–   रुखो हुन दिदैन ।

–   छालामा दाग,धब्बा हुन दिदैन ।

–   आँखाको तलको कालो घेरा हटाइदिन्छ ।

–   तैलिया छालामा पनि यो लाभदायक हुन्छ ।

–   छालालाई हाइड्रेड राख्छ ।

You may also Like this

थप समाचार

सामाजिक सञ्जालमा फेरी ट्रोलको सिकार भइन् प्रियंका !

काठमाडौं, भदौ १ । भारतको स्वतन्त्रता दिवसको अवसरमा हरेक वलिउड सेलिब्रेटीले आफ्नो फ्यानलाई सामाजिक सञ्जालबाट शुभकामना दिएका छन ...

यी हुन् वर्ष खेलाडीको अन्तिम ३ मा पर्ने धुवादार स्टारहरु
यी हुन् वर्ष खेलाडीको अन्तिम ३ मा पर्ने धुवादार स्टारहरु

३२ साउन, एजेन्सी । युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् ...

एमालेको प्यानलै विजयी
एमालेको प्यानलै विजयी

३० साउन । जिल्ला समन्वय समिति इलाममा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका गणेश बरालले १६ मत प्राप्त गर्नुभयो उहाँको नि ...

बोल्नै नसक्ने अवस्थामा डा. केसी
बोल्नै नसक्ने अवस्थामा डा. केसी

काठमाडौं, साउन ३० । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...