गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?

२०७४ मंसिर ११ गते ०८:०३ मा प्रकाशित


jamakattel-1

अाइतबार राजनीतिक दलका कतिपय नेता/कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे।

SMHqTXWउदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ। उनले मतसंकेत गरेको मतपत्रको फोटो फेसबुकमा हालेका छन्। तामाङ एक उदाहरणमात्र हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

आफ्नो व्यक्तिगत एकाउन्टबाट आफ्नो राजनीतिक आस्था झल्काउन मतसंकेत गरेको फोटो प्रचार गर्नुलाई समान्य पनि भन्न सकिन्छ तर कानुनी हिसाबले हेर्ने हो भने यो दण्डनीय हो।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतसंकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ। यसो गरेमा मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था उपदफा २ मा व्यवस्था छ।

कानुनले समाजिक सञ्जालमा मतसंकेत सार्वजनिक गरे के हुने भन्ने विषयमा नबोले पनि मतसंकेत गरेको मतपत्र कसैलाई देखाउन वा सार्वजनिक गर्न नहुने स्पष्ट उल्लेख गरेको छ। ऐनमा मतसंकेत सार्वजनिक गरेको मतपत्र मतपेटिकामा नखसालेको भए मतगणना नहुने पनि उल्लेख छ।

हेर्नुस् कानुनी व्यवस्थाः

 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा कसैले मतसंकेत गर्ने क्रममा बढी समय लगाएमा मतदान अधिकृतले निरीक्षण गर्न सक्ने व्यवस्था छ।

दुबै ऐनको दफा ४३मा उल्लेख छ- ‘कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ।’

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...