गोलाबारुदसहितको बमवर्षक विमान तयारी अवस्थामा...

२०७४ भदौ २ गते १६:१३ मा प्रकाशित


bomb-lacer२ भदौ । अमेरिकाले प्रशान्त महासागरस्थित गुआम द्धिपको हवाई अड्डाको जाहाज रनवेमा परमाणु गोलाबारुदसहितको बी–१ बमवर्षक विमान तयारी अवस्थामा राखेको छ ।


उत्तर कोरियाले अमेरिकी नियन्त्रित गुआम द्धिपमा मिसाइल हमला गर्ने धम्की दिएपछि प्रतिरक्षाका लागि भन्दै अमेरिकाले हातहतियारयुक्त बमवर्षक विमान तयारी अवस्थामा राखेको हो ।

उक्त द्धिपलाई अमेरिकी सेनाको सबैभन्दा ठूलो हातहतियार तथा गोलाबारुद भण्डारण क्षेत्र मानिन्छ । गुआम द्विपमा रहेकोे घना जंगलभित्र हवाइए अड्डा, पहाडी भु–भागको भित्रि सुरुङ र सामुद्रिक तटमा कैयौं दिनसम्म युद्ध लड्न सकिनेगरी हातहतियार तथा गोलाबारुद तयारी अवस्थामा राखिएको ुबीबीसीुले उल्लेख गरेको छ ।

 

अमेरिकाले द्धिपको उत्तरी किनारको घना जंगलको भित्रि भागमा रहेको रनवेमा बी–१ बमवर्षक एअरबस तयारी अवस्थामा राखिएको छ । त्यस्तै गुआम द्धिपको दक्षिण क्षेत्रमा रहेको पहाडमुनि सुरुङमा सुरक्षित रुपमा कैयौँ दिनसम्म युद्ध गर्न सक्नेगरी परमाणु मिसाइल तथा अन्य गोलाबारुद राखिएको छ । साथै, गुआम द्विपको चारैतिर सामाुद्रिक तटमा परमाणु पनडुब्बि जहाज तयारी अवस्थामा राखिएको छ ।

गुआमाका गर्भनर एडी केल्वोले अमेरिकी सेनाको सबैभन्दा ठूलो परमाणु भन्डारण क्षेत्र गुआम रहेको बताए । उनी भन्छन्, ‘यति ठूलोमात्रामा युद्धसामाग्री अमेरिकाको कुनै क्षेत्रमा राखिएको छैन् । उनले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई एकहजार प्रतिशत विश्वास गरेको बताए ।

अहिले उक्त द्धिपमा आउने दक्षिण कोरिया र जापानका पर्यटकको संख्या ७० प्रतिशतले घटेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

 

उत्तर कोरियाले अगष्टको मध्यतिर चारओटा मिसाइल गुआममा परमाणु मिसायल हमलाको योजना अन्तिम चरणमा पुगेको बताएपछि बमवर्षक विमान लगायत अन्य परमाणु हतियार तयारी अवस्थामा राखिएको जनाइएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले ह्वासङ–१२ नामक चारओटा रकेट आक्रमणका लागि तयार रहेको जनाएको छ । यता, अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र रक्षा सचिव म्यटिसले पनि अमेरिकी सेना उत्तर कोरियाको परमाणु हमलाको जवाफ दिन तयार रहेको प्रत्तिकृया दिइसकेका छन् ।

You may also Like this

थप समाचार

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...