ग्लोबल शिक्षाका लागि कस्ता विद्यालयहरु छान्ने

२०७३ बैशाख ७ गते ११:२७ मा प्रकाशित


शक्तिराज नेपाल,

हरेक मिडियामा हेर्ने, पढ्ने र सुन्ने हो भने विभिन्न विद्मालयका फरक फरक खालका विज्ञापनहरु सुन्ने मौका मिल्छ । किनकि नयां शैक्षिक सत्र सुरु हुनै लागेको अवस्था एकातिर जल्दोबल्दो छ भने बजारका हरेक निजी बिद्माालयहरुबीचको अस्वस्थ प्रतिस्पर्धा झनै मजबुत छ । यतिखेर हरेक अभिभावक र बिद्मार्थीहरु भ्रममा पर्ने बेला हो । विज्ञापन हेर्ने हो भने कोही भन्दा कोही कम भएको देख्नु पर्दैैन । यस्तै रनभुल्लले गर्दा धेरैजस्तो अप्ठेरोमा पर्छन बिद्मार्थीहरु । बजारको नारा सबैको एउटै हुन्छ “गुणस्तरीय शिक्षा हाम्रोे प्रतिबद्धता ” भन्ने, तर त्यो सबै नतिजालाई गुणस्तरीय शिक्षाको कसीले नाप्ने परम्परा हाम्रोमा फरक छ । गुणस्तरीय शिक्षा भनेको के हो ? यसको नतिजा कस्तो हुन्छ ? भन्ने जानकारी सबैमा नहुनु नै बजारको विज्ञापनको प्रभावमा पर्नु हो ।


यो एउटा यथार्थ बनिसकेकोे छ कि प्रत्येक अभिभावकले आफ्ना छोरा, छोरीको भविष्य निर्धारण गर्ने उपयुक्त स्कुल छान्नु निकै गार्हौ बनेको छ । कति शुल्क असुल्ने नितीका कारण धेरै बिद्मालयहरु देखावटीपनामा अब्बल देखिन्छन् । राम्रो शिक्षा दिने विद्मालयहरुमा शुल्कका कारण पनि धेरैजस्तो अभिभावकहरु भ्रामक सञ्जाल र व्यापारिक मनस्थितिको शिकार बनेको यथार्थ देख्न र सुन्न पाइन्छ ।
आफ्ना छोरा(छोरीको भविष्य कसरी उज्ज्वल बनाउने भन्ने चिन्ता हरेक अभिभावकलाई हुन्छ । सबै अभिभावकले आफ्ना छोराछोरीको स्कुल भर्ना गर्नुअघि यस्तै समस्या भोग्ने मात्रै हैन अन्य अतिरिक्त क्रियाकलापमा समेत अब्बल भएर निस्किऊन भन्ने हुन्छ । त्यस्तो अब्बल, सुरक्षित वातावरण, बहुआयामिक ब्यक्तित्व र मैत्रीपूर्ण रहनसहन वातावरण भएको स्कुलमा अभिभावकले छोराछोरीलाई भर्ना गर्न चाहन्छन् ।


कतिपयलाई विद्मालयको तामझाम र पढाइको प्रेसर अनि एस. एल. सी. मा धेरै विद्मार्थीलाई विशिष्ट श्रेणीमा उत्तीर्ण गराउने स्कुल राम्रो लाग्छ भने कतिपयलाई किताबी ज्ञानका अलावा अन्य गतिविधिलाई समेत समानान्तर रुपले विकास गराउने विद्मालय राम्रो लाग्छ । कसैलाई धेरै सस्तोे शुल्क र आफ्नो अनुकूलले विद्मालय मन पर्छ । यसरी बिनामापदण्ड र हचुवाको भरमा विद्मालय छान्नु आफ्नै छोराछोरीको भविष्यमाथि खेलवाड गर्नु हो ।
सामुदायिक विद्मालयमा हुने चरम राजनीति र खस्कँदो शैक्षिक अवस्थाले धेरैलाई निजी विद्मालयको आकर्षणले तानेको छ । सहरी क्षेत्रमा ९० ५ जति विद्मार्थीहरु निजी विद्मालयमा पढ्ने गरेको पाइन्छ भने १० ५ जति सामुदायिकमा ग्रामीण क्षेत्रमा पनि ब्यापारिक तथा शैक्षिक दुवै चेतनाका कारण निजी विद्मालयप्रति आकर्षण दिनप्रतिदिन बढ्दै ठाउँठाउँमा स्कुल वा सामूहिक लगानीमा निजी विद्मालयहरु खोलिन थालेको यथार्थ बुझिन्छ ।
अहिलेको समसामयिक मुद्धा भनेकै हरेक अभिभावक र विद्मार्थीलाई कस्तोे विद्मालय छान्ने भन्ने रहेकाले प्रसंगवश चर्चा गर्नु सान्दभिक मानिन्छ ।

कस्तो विद्मालय छान्ने ?

  • बालमैत्री विद्मालय : जहा बालमैत्री शिक्षण हुन्छ ।
  • विद्मालयको पूर्वाधार : जसमा बहुआयामिक ब्यक्तित्वको अभ्यास गर्न स्वतन्त्र रुपले सकिन्छ ।
  • कुशल नेतृत्व : जसमा दीगो नतिजा वा ग्लोबल एजुकेशनको राम्रो र प्रस्ट ज्ञान एवं जानकारी छ ।
  • विद्मार्थीहरुले हासिल गरेको प्रगति : जुन प्रगति आफू समान हैन आफूभन्दा माथिल्ला कक्षाहरुसंग प्रतिस्पर्धी बनोस् ।
  • शिक्षको योग्यता र स्वभाव : जसले अनलाइन एजुकेशनलाई प्रयोगात्मक हिसाबले सहजीकण गर्न सकुन् ।
  • शुल्क : जुन शुल्कबमोजिम आफ्नो पहुँच र विद्मालयको सेवाअनुकूलको शुल्क रहोस् ।
  •  विद्मालय सन्चालकहरु : जुन सोच नाफामुखी भन्दा सेवामुखी र सधै अद्यावधिक ज्ञान विद्मार्थीलाई दिन प्रतिबद्ध रहोस् ।
  •  प्रविधिमैत्री कार्र्यक्रम : जुन शेक्षिक कार्यक्रम ग्लोबल एजुकेशन प्राप्त गर्नका लागि बनोस् ।
  • बहुपक्षीय सहभागिता : जहाँ विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरु मिलेर नै हरेक कार्यक्रम गर्छन् ।
  • पारदर्शी नीति : जहाँ हरेक कुरा जान्न र बुझ्न अभिभावक, विद्मार्थी र सरोकारवालाहरुको सूचना प्राप्त गर्न अधिकार छ ।
  • अतिरिक्त क्रियाकलापको ब्यबस्था : जहा बहुआयामिक ब्यक्तित्व र श्रृजनात्मक क्षमताको विकासका लागि आत्मविश्वास र
  • आत्मसम्मानको विकास गर्दै समान सहभागी हुने मौका मिल्छ र एक भन्दा बढी क्रियाकलापहरु खुल्ला र शान्तिपूर्ण ढंगले गर्न पाइन्छ ।
  • प्रचुरमात्रामा सन्दर्भ सामाग्री भएको पुस्तकालय र प्रयोगशाला भएको ।
  • ब्यवस्थापन र प्रशासन : विद्मार्थीको जीवनलाई नै अर्थपूर्ण बनाउनका लागि हरेक विद्मार्थीलाई अब्बल बनाउन जुनसुकै नीति तथा कार्यक्रम लागू गर्न सक्ने एवं सधै अभिभावकसंग अद्यावधिक हुने, नया नया खुराकका लागि सक्रिय एवं सकारात्मक गतिविधि गर्ने ।

यसरी सबै विद्मालयहरुले सबै मापदण्ड पूरा गर्न अप्ठ्यारो हुन सक्छ । तथापि समाजमा सामाजिक कार्य गरी शैक्षिक स्तर उकास्ने विद्मालयहरु पाउन सकिन्छ ।
जुन विद्मालय बालमैत्री छ, जहाँ विद्मार्थीले आफू सुरक्षित भएको महशुस गर्न सक्छन्, आफुले माया र सम्मान पाइरहेको अनुुभूति गर्न सक्छन् । सधै जितको लागि हौसला पाइरहेको हुन्छ । त्यसमा विद्मार्थीहरुले राम्रो शिक्षा प्राप्त गर्न सक्छन् ।
बालमैत्री विद्मालयमा बाल केन्द्रित वातावरण हुन्छ । जसमा शिक्षक, साथिभाइहरु तथा समग्र प्रशासन नै पनि बालमैत्री हुन्छन् । किनकि एउटा विद्मार्थी नै विद्मालयको गहना हो, उसलाई राम्ररी सजाउन सकियो भने विद्मालयमा आफै आकर्षित हुन्छन् ।त्यसैले विद्मार्थीलाई सन्तुष्ट पार्नसक्ने शिक्षा दिनु र जुन विद्मालय छान्नु समग्र विद्मार्थी, अभिभावक र सरोकारवालाका लागि लाभदायी हुन्छ ।


अन्ततः विद्मार्थीको मनोविज्ञान बुझी अध्यापन गराउने तथा तालिमप्राप्त शिक्षकले पढाउने विद्मालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्नु आजको आवश्यकता बनिसकेको छ । समान व्यवहार एवं प्रस्ट नियम, साधन श्रोेतको उपयोग, क्रियाकलाप केन्द्रित शिक्षण, प्रोजेक्ट वेसिस शिक्षण, अडियो/भिडियो एवं वास्तविक सामाग्रीको प्रयोगले शिक्षण, शिक्षकको ब्यवहार, विद्मार्थीले सिकेको सीपलाई व्यबहारमा उतार्ने वातावरण र ठाउँ भएको, दण्डरहित शिक्षण, मनोवैज्ञानिक सहयोग, स्वास्थ्य सेवा र पौष्टिक आहारको व्यवस्था मिलाइएको, लैङ्गिक मैत्री सिकाइ वातावरण, बालबालिकाको संरक्षणमा विद्मार्थी, परिवार र समुदायको सक्रीय सहभागिता, प्रविधिमैत्री एवं खोजअनुसन्धानमुखी शिक्षण क्रियाकलाप हुने र प्रगति अधावधिक राखी अभिभावकलाई जानकारी दिने विद्मालय छानी आफ्ना नानीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा दिनु आजको अपरिहार्यता देखिन्छ ।


आफ्ना छोराछोरीको प्रगति तथा उत्प्रेरणाका लागि शिक्षहरुसंग छलफल गर्ने, अभिभावक असल छोराछोरीका निम्ति अनुग्रहणीय हुन्छन् । अहिलेको ग्लोबल एजुकेशनको बजारमा आफ्ना छोराछोरीलाई असल संस्कारसहितको शिक्षा दिने विद्मालय छान्नु पर्ने चुनौति एकातिर भएता पनि विद्मालयप्रति सकारात्मक एवं अपनत्व बोध भएका अभिभावकको यस्तो आफ्ना नानीहरुको सिकाइ उपलब्धि बृद्धि गर्नु नै हुने भएकाले सक्रीय अभिभावक भएको विद्मालय छान्नु राम्रो पक्ष मानिन्छ । विद्मालय भित्र होस् वा बाहिर शिक्षक तथा प्रशासकले असल आचरण पनि अहिलेको जल्दो(बल्दो बिषय बनेको छ । सो आचरण अनुरुप पनि विद्मालय छान्ने एउटा मापदण्ड हुनसक्छ । एवंप्रकारले बहुपक्षीय र श्रृछ तथा प्रवद्र्धनात्मक व्यक्तित्वको विकास गरी अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादन जुन विद्मालयबाट हुनसक्छ सोही विद्मालय छानी नतिजामुखी शिक्षणको कम्पन लिनु नै सबैलाई फाइदा हुन सक्ने देखिन्छ ।

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...