माफ छात्रा भलिबल प्रतियोगिता शनिबारबाट सुरु

२०७४ पुस ८ गते २०:०५ मा प्रकाशित


Maaf bhaliball compiditon (2)

काठमाडौँ । म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजना एवं पुरानो बानेश्वरमा रहेको क्याब्रिज पब्लिक हाई स्कुलको संयोजनमा दोश्रो अन्तरविद्यालय भलिबल प्रतियोगिता शनिबारबाट सुरु गरेको छ । ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा १४ विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने आइतबार गरिने भएको छ । लिग चरणहुँदै नकआउट चरणमा प्रवेश हुने उक्त प्रतियोगिताको समय सिमालाई मध्यनजर गर्दै शनिबारबाट नै खेलको सुरुवात गरिएको हो । युवा तथा खेलकुद सचिव महेश दाहालको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहमा माफमा आवद्ध सदस्य विद्यलयका प्रिन्सिपल तथा प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।

Maaf bhaliball compiditon (1)
यस्तै शनिबार भएको लिग चरणको पहिलो खेलमा जगत मन्दिर स्कुललाई पराजित गर्दै काठमाडौँ विनायक शिक्षालय विजयी भएको छ । दोश्रो खेलमा लाइसियम मोडेल स्कुललाई पराजित गर्दै क्याब्रिज पब्लिक हाई स्कुल विजयी भएको छ । तेश्रो खेलमा गोल्डेन पिक हाई स्कुललाई पराजित गर्दै कन्स्टिलेसन स्कुल विजयी भएको छ । चौथो खेलमा ज्ञान निकेतन हाई स्कुललाई पराजित गर्दै रिभेरा इन्टरनेशनल स्कुल विजयी भएको छ । पाचौ खेलमा बेबिलोन नेशनल स्कललाई पराजित गर्दै ग्लोबल पब्लिक स्कुल विजयी भएको छ । छैटौ खेलमा सम्भावी हाई स्कुललाई पराजित गर्दै विज किड्स एकेडेमी विजयी भएको छ भने यस्तै सातौ खेलमा नेपाल मेगा स्कुललाई पराजित गर्दै पिस प्वाइन्ट इंग्लिस स्कुल विजयी भएको छ ।

Maaf bhaliball compiditon (3)
बालबालिकाहरुको शैक्षिक र अतिरिक्त क्रियाकलापलाई चौतर्फी विकास गर्नका निम्ति माफले विभिन्न सहभागिता मुलक प्रतियोगिताहरुको आयोजना गर्दै आइरहेका छ । त्यसैको निरन्तरता स्वरुप दोश्रो अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको आयोजना गरेका छौँ प्रतियोगिताकी संयोजक एवं क्याब्रिज पब्लिक हाई स्कुलकी संस्थापक प्रिन्सिपल रीता राई दाहालले केटिएम खबरसंग कुराकानी गर्दै बताउनु भयो ।

 

You may also Like this

थप समाचार

हेर्नुहोस वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट १५ तस्विरहरु
हेर्नुहोस वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट १५ तस्विरहरु

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अ ...

यस्तो रह्यो ज्ञान चक्षुको ‘स्कुल मेला’ (भिडियो)
यस्तो रह्यो ज्ञान चक्षुको ‘स्कुल मेला’ (भिडियो)

काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्प ...

ह्याप्पी किड्सको छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र ...

शान्ति पाठशालाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)
शान्ति पाठशालाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदिमा रहेको शान्ति पाठशालाले यहि चैत्र २४ गते शनिबार अभिभावक दिवस तथा विविध सांस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...