गुठीको जग्गामा चलेका सार्वजनिक विद्यालय हराउँदै

२०७४ बैशाख १४ गते ०८:०७ मा प्रकाशित


school१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा गुठीको स्वामित्वमा रहेका, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका सार्वजनिक विद्यालय हराउने अवस्थामा पुगेका छन् । भौतिक पूर्वाधार र बालमैत्री नभएका मात्र होइनन्, गुठी चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ ।

विद्यालयमा भौतिक र शैक्षिक गुणस्तर नभएका कारण स्थानीय अभिभावकको सार्वजनिक विद्यालयमा रुचि घट्दै गएको हो । सबल धोला प्राविमै पढेका स्थानीय आफूले पढेको विद्यालयमा अहिले आफ्ना छोराछोरी पढाउन नसकेको बताउँछन् ।


गुठीको स्वामित्वमा रहेका जग्गा र भवन उनीहरूले नेै प्रयोग गर्दा विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन् । विद्यालयको भवन गुठीको जग्गामा बनेकाले विद्यार्थी कम हुँदै गएपछि गुठीले नै प्रयोग गर्न थालेको छ ।

शान्ति निकुञ्ज मावि भागवतीबारीका स्रोतव्यक्ति कृष्ण विष्टले सबल धोला विद्यालयमा नेपाली नागरिक अभिभावक नभएका कारण विद्यालय व्यवस्थापन समिति गठन गर्नसमेत कठिनाइ भएको बताए । सो विद्यालयको रजिस्ट्ररमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म २६ जना भर्ना भएका छन् ।

नियमित रूपमा १० जनाको हाराहारीमा विद्यार्थी रहेको पाइएको उनले बताए । भर्ना भएका विद्यार्थी पनि कुनै चाडपर्वमा घर जाँदा विद्यालयमा विद्यार्थीको खडेरी हुने गरेको स्रोतव्यक्ति विष्टले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

प्रमुख निर्वाचन आयुक्त यादवले दिए यस्तो चेतावनी
प्रमुख निर्वाचन आयुक्त यादवले दिए यस्तो चेतावनी

काठमाडौं, भदौ २९ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च र आचारसंहिताबारे राजनीतिक दलहर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...