घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

२०७४ फागुन १९ गते ०९:३७ मा प्रकाशित


धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ । आजको कान्तिपुरमा खबर छ ।

बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवन गरेका थिए ।’ प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ ।

सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को-को हुन् भन्ने पूर्ण खुलेको छैन ।

‘कुन कर्मचारी कुन कार्यालयको भन्ने जानकारी हुन सकेन,’ वडा प्रहरी कार्यालय प्रमुख रामबहादुर चन्दले भने, ‘कार्यालय कम्पाउन्ड भित्रैबाट मदिरा अत्यधिक सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेकामध्ये कुटपिटबाट हात भाँचिएका भट्टलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको पनि चन्दले जनाए । पक्राउ परेका कर्मचारीसँग घूस रकम लिएको लाखौं रुपैयाँ रहेको मालपोत कार्यालयका एक कर्मचारीको दाबी छ ।

ती कर्मचारीले भने, ‘एक सातासम्म उठेको रकमका विषयमा कुरा नमिलेका कारण कुटाकुट भएको हो ।’ उनका अनुसार नापीका २ र मालपोतका ४ कर्मचारी हुन् । होलीका दिन मालपोतको एउटा कोठामा बियर र मदिरा सेवन गर्दै हिसाबकिताब गर्न थालेपछिनापीका कर्मचारीले उठाएको घूस रकमदिन नमानेपछि कुटाकुट भएको कर्मचारी स्रोतको भनाइ छ ।

‘मदिरा सेवन गरेका कर्मचारी पक्राउ परेको जानकारी पाएको हुँ,’ प्रजिअ गोविन्द रिजालले भने, ‘कारबाहीका लागि प्रहरीमा पठाइएको हो, त्यसपछिको जानकारी हुन सकेको छैन ।’ पक्राउ परेका कर्मचारीका विषयमा प्रहरीले धेरै कुरा लुकाएको मालपोत कार्यालयका एक कर्मचारीको आरोप छ । ती कर्मचारी भन्छन्, ‘पक्राउ परेका कर्मचारीसँग रहेको घूस रकम हिसाबकिताब गरेको डायरीसमेत प्रहरीले लुकाएको छ ।’

You may also Like this

थप समाचार

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे
आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...

नेपालमा कलेजोरोगको समस्या बढ्दो
नेपालमा कलेजोरोगको समस्या बढ्दो

कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।  काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...