एकाएक देखिए झण्डै एकसय निलगाई, हेर्नेको घुईचो

२०७४ बैशाख २३ गते १५:०१ मा प्रकाशित


nilgaiमहोत्तरी, वैशाख २३ – महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकामा अवस्थित आधा दर्जन गाउँमा एक्कैसाथ एक सय भन्दा बढी निलगाई फेला परेको छ । स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई एकसय भन्दा बढीको सङ्ख्यामा देखिएका छन् । 

यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलोरङ्गको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताउनुभयो ।

एकसय भन्दा बढीको सङ्ख्यामा रहेको निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारी बालीमा हुलका हुल गरेर सबै तरकारी खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताउनुभयो ।

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वनको सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउनका लागि जाने मानिसहरुलाई देख्ने बित्तिक्कै भाग्ने गरेको छ ।

दुई÷चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको सम्सीका विजय साहले बताउनुभयो ।

गर्मीयाम आउने वित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वन जङ्गलमा डढेलो, चोरी सिकारी जस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउछन् । रासस

You may also Like this

थप समाचार

१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा
१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा

९ साउन । टर्कीमा आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा १७ पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । विपक्षीले सन्चालन गरेको पत्रिका &l ...

यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर
यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर

९ साउन । विराटनगरको रानी क्षेत्रमा सोमबार एक यात्रीबहाक मिनिबस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना ...

नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...
नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...

साउन ९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्न ...

११ वर्षिया गर्भवती बालिकाको उद्धार !
११ वर्षिया गर्भवती बालिकाको उद्धार !

९ साउन । भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । बालिकाको स्व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...