स्वतः स्थायी हुनपर्ने भन्दै अस्थायी शिक्षकद्धारा शिक्षा विभाग घेराउ

२०७४ बैशाख २१ गते १५:२३ मा प्रकाशित


काठमाडौं, वैशाख २१ – अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्वतः स्थायी गर्नुपर्ने मागसहित आन्दोलनरत अस्थायी शिक्षकले शिक्षा विभाग घेराउ गरेका छन् । देशभरबाट जम्मा भएका अस्थायी शिक्षकले माग पूरा गराउन दबाब दिन विभाग घेराउ गरेका हुन् ।

अस्थायी शिक्षकले बुधबार राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री, सभामुख, मुख्य सचिवलगायत १२ जना विरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए ।
सरकारले २०६३ को शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेश विरुद्ध कार्य गरेको भन्दै अस्थायी शिक्षकले पदबाट बर्खास्त साथै विभागीय कारबाहीसहित अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

सर्वोच्च अदालतले मुद्दाको पेशी शुक्रबारका लागि तोकेको जनाएको छ । सर्वोच्च अदालतले प्रतिस्पर्धाबाट स्थायी हुन नसकेकका शिक्षकलाई सुविधा दिने दिलाउने कार्य गर्नु भनी २०६६ माघ २४ गते सरकारको नाममा परमादेश जारी गरेपनि यसको कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको अस्थायी शिक्षकको दाबी छ ।

You may also Like this

थप समाचार

विश्व पौडी च्याम्पियनसिपमा पिटीले जिते स्वर्ण
विश्व पौडी च्याम्पियनसिपमा पिटीले जिते स्वर्ण

काठमाडौं, साउन १२ । विश्व पौडी च्याम्पियनसिपमा बेलायती खेलाडी एडम पिटीले दोस्रो स्वर्ण पदक जितेका छन् । किटीले ५० मिटर ब्रेस् ...

कपिलको पारिश्रमिक खस्किएपछि, सुनिल लागे उकालो
कपिलको पारिश्रमिक खस्किएपछि, सुनिल लागे उकालो

११ साउन । कमेडियन कपिल शर्मा अहिले खस्किएका छन् । सोनी टेलिभिजनबाट प्रशारण भैरहेको उनको कमेडी शो ‘कपिल शर्मा शो’क ...

एमाले कावा अध्यक्ष गौतम भन्छन्, कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैन
एमाले कावा अध्यक्ष गौतम भन्छन्, कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैन

१० साउन । नेकपा (एमाले) का कावा अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी न ...

नेपालको यू-१९ विश्वकप क्रिकेट छनोटको यात्रा रोकियो, अफगानिस्तानसँँग पराजित
नेपालको यू-१९ विश्वकप क्रिकेट छनोटको यात्रा रोकियो, अफगानिस्तानसँँग पराजित

१० साउन, काठमाडौं । नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...