घटराज मेमोरियल स्कुल बच्चाहरुको भविष्यमा केन्द्रित छः प्रिन्सिपल भट्टराई (भिडियो)

२०७३ चैत्र २८ गते १८:०१ मा प्रकाशित


काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवाती भएसंगै विद्यालयहरुले विद्यार्थी केन्द्रित गतिविधिहरुलाई प्रभावकारी हुने गरी विभिन्न माध्यमहरुबाट विद्यार्थीहरुको पहुँचमा पुगेरहेका हुन्छन् भने विद्यार्थीहरु पनि कुन स्कुल पढ्ने ?, कसरी स्कुल छान्ने ? भन्ने विषयको जानकारी लिन चाहन्छन् ।
सोही कुराको जानकारी गराउँनका लागि केटिएम खबरले विभिन्न शैक्षिक संस्थाको जानकारी दिने हेतुका साथ विभिन्न स्कुलका प्रिन्सिपलहरुसंग स्कुल विशेष भिडियो सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले कपनमा रहेको घटराज मेमोरियल स्कुलका फाउण्डर/प्रिन्सिपल डा. राजेश भट्टराईसंग विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Rajesh Bhattarai
के छ सर अहिलेको व्यस्तता, दोडधुप, कार्यतालिका कस्तो छ ?
खासै त्यस्तो दौडधुप चाही म गर्दिन कुनै पनि नयाँ सेसन आउँदा खेरी । मेरो मुख्य टार्गेट भनेको चाही भित्र कै गुणस्तरलाई बढाउँनु नै हुन्छ । म विशेष गरी फोकस चाही हाम्रा प्यारेन्सहरु र विद्यार्थी भाई, बहिनीहरुलाई केन्द्रित गरेर कार्यक्रम बनाउँछु । केहि दिन अगाडी पनि मैले सबै प्यारेन्सहरुसंग इन्डिभिज्योल्ली डिल गरे । उहाँहरुलाई के के चित्त बुझेको छैन, उहाँहरुका केही गुनासाहरु केही छन् कि भनेर सल्लाह लिए । ३ दिनका लागि त्यो कार्यक्रम मैले राखे र धेरै कुराहरु पाए । अब त्यो सुझावहरुलाई आत्मसाथ गर्दै त्यी कुराहरुलाई मनन् गरेर म अघि बढ्छु । भोलीका दिनहरुलाई त्यी कुराहरु कार्यतालिका बनाएर बच्चाहरुको भविष्यमा केन्द्रित हुन्छु ।
विद्यार्थी, अभिभावको पहुँचमा पुग्नका लागि के के गर्दै हुनुहुन्छ ?
मेलै अघि पनि भने म विशेष गरी भेटघाटमा नी केन्द्रित हुन्छु र बच्चाहरुसंग पनि बसेर उनीहरुलाई के के चाहिएको छ ? भनेर विद्यार्थीबाट नै सुझाव लिन्छु । उनीहरुले डिमाण्ड गरे अनुरुप नै म पुरा गर्छु र आन्तरिक रुपमा चाहीँ क्यालेण्डर बनाउँने, फ्लेक्सहरु टाल्ने गरेको छु तर म चाहीँ विद्यार्थी बढाउँन अस्वस्थ प्रतिसपर्धा र घर–घर जाने काम म गर्दिन । म चाहन्छु शिक्षामा लागेको कोही पनि मान्छेले यो गर्नु हुदैन । आफ्नो क्वालिटि मेन्टेन गरियो भने विद्यार्थी आउने त आफ्नै स्कुलमा त हो नी । सामान किन्दा त जहाँ राम्रो छ त्यही जान्छौँ । कसले बोलाउदैमा, कसैले अफर दिदैँमा हामी त्यहा लोभिने गर्दैनौ ।
शैक्षिक पेशा भनेको विशुद्ध समाज सेवा हो । यसमा अस्वस्थ प्रतिष्पर्धा गरेर आफु–आफु विच झगडा हुने, मनमुटाब हुने यो कुरा ठिक हैन । यसलाई सच्याएर जानुपर्छ । भोलीका दिनमा मिल्नुको हामीमा विकल्प छैन । हामी सबैको उद्देश्य भनेको त विद्यार्थीको भविष्य बनाउँनु हो । उनीहरुलाई ज्ञान, गुणका कुराहरु सिकाउँनु हो, संस्कार सिकाउँनु हो, उच्च शिक्षा दिनु हो । यसमा म विश्वास गर्छु ।
घटराज स्कुलको कुराकानी गरौँ सर, कस्तो स्कुल हो ?, कसरी सुरु गर्नु भयो ?, कस्ता विद्यार्थीहरुलाई समेट्दै आईरहनु भएको छ ?
घटराज मेमोरियल स्कुल पहिला ओस्कार स्कलर्स एकेडेमी थियो । ओस्कार हामीले लिएर यसलाई भर्खरै मात्र घटराज मेमोरियल स्कुल बनाएका छौँ । साहित्यकार घटराज भट्टराईको नाममा हामीले यो राखेका हौँ किनकी उहाँले आफ्नो जीबनमा धेरै बर्ष शिक्षा क्षेत्रमा काम गर्नु भयो । ठुलो योगदान दिनु भएको छ । त्यस्ता व्यक्तिलाई किन कदर नगर्ने भन्ने सोच आयो मनमा र त्यस कै लागि म मेडिकल फिल्डमो डाक्टर भएता पनि शिक्षा र स्वास्थ्य नङ मासुको सम्बन्ध भएको म मान्छु । त्यो भएर मैले स्वास्थ्य क्षेत्रमा पनि काम गर्ने र शिक्षा क्षेत्रमा नी लागौँ न उहाँको नाममा । स्कुल चलाउ, भोली अरु पनि फ्याकल्टी राख्दै जाउँ, एउटा हस्पिटल पनि खोलौ, सबै आफुले जानेको क्षेत्रमा काम गरौँ भनेर घटराज मेमोरिय स्कुल बनाएका छौँ । यसमा तपाईले हेर्नु भयो भने मेरो मनमा लागेको जति सबै मैले सुविधा दिएको छु । जसरी म अभिभावकसंग फि लिन्छु । उहाँहरुलाई धेरै फि लियो भन्ने महशुस भएको छैन । उहाँले जति दिनु हुन्छ त्यो भन्दा बढि पाउँनु भएको छ ।
सबै लेभलका निम्न बर्गिय देखि उच्च बर्गिय विद्यार्थीहरु लिन्छु किन भने म चाहिँ हाई लेभल मात्र टार्गेट गर्ने मान्छे हैन । स्कुल संचालन गरिरहँदा लो लेभल भएका गार्जेन भएका विद्यार्थीहरु एक दम ट्यालेन्ट रहेका हुन्छन् । त्यस कारण सबैलाई समेट्दै अगाडी बढाउँछौँ ।
नयाँ शैक्षिक सत्रको तयारीमा यहाँहरु लागि रहनु भएको छ, विद्यार्थीहरु पनि स्कुलको खोजीमा छन्, यो समयमा घटराज मेमोरिय किन रोज्ने ?, के भन्नुहुन्छ ?
शिक्षाको कुरामा म कम्परमाईज गर्दिन । क्वालिफाइट, क्वालिटि युक्त टिचरहरु म्यानपावर मैले यहाँ दिएको छु । गार्जेनहरु पनि खुसि हुनुहुन्छ । राम्रो छ भन्नुहुन्छ ।
अन्य अतिरिक्त कुराहरुमा शायद यहाँ नभएको केही पनि छैन होला । स्पार्टको हरेक गतिविधि म गराउँछु । त्यसले गर्दा बच्चाहरु खुसि रहन्छन । खुसि भए पछि हामीले पढाई लिन सक्छौँ । बच्चाहरुको सबै कुरा सुनेर म हरेक गतिविधि गराउँछु । डान्स, योगा कक्षाहरु, ड्रोईङहरु, म्युजिक कक्षाहरु, अडियो–भिडियो कक्षाहरु, कम्युटर ल्याब, साइन्स ल्याब, हामीसंग हल पनि ठुलो छ । त्यसैले धेरै जसोलाई अडियो–भिडियो कक्षाहरु गराउँछौँ । हामीले मिडास ई क्लास पनि छ र जसले गर्दा अडियो–भिडयो क्लासहरु गर्न सहज छ ।
म आफै डाक्टर भएको हुनाले उनीहरुलाई हेल्थसंग सम्बन्धित सबै कुरा म सिकाउँछु । ब्लड प्रेसर लिन, ब्लड गु्रप कसरी छुट्याउने, ब्लड–सुगर कसरी टेष्ट गर्ने, इन्जेक्सन कसरी लगाउने, ज्वरो कसरी नाप्ने यी व्यबहारिक कुराहरु म आफै यहाँ सिकाउँछु । पहिला मैले कक्षा ९ का विद्यार्थीहरुलाई सिकाउँथे । यस पालिबाट ८ कक्षा दिएर बसेका विद्यार्थीहरुलाई हेल्थका कुराहरु सिकाउदै छु ।
डा. राजेश भट्टराईसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

जिराभवानी गाउँपालिकामा एमालेले बाजी मार्यो

७ असोज । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका हु ...

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर
दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता द ...

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल
एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । श ...

कांग्रेसको गढमा फोरमले बाजी मार्यो
कांग्रेसको गढमा फोरमले बाजी मार्यो

७ असोज । कांग्रेसको गढ मानिएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा फोरम नेपाल विजयी भएको छ । फोरम नेपाल प्रदिप कुमार जयसवाल १० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...