बेरुत, भदौ ९ । सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन्।
राका प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको छ ।
यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान सहरको बाहिरी इलाकामा पुगेका थिए । राका प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव थियो ।
आइएस आतङ्ककारी समूहले मदान सहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए ।
रसियाको समर्थनमा आइएस आतङ्ककारी विरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी राका सहरमा भने छुट्टै लडाई जारी राखेका छन्।
जिहादी समूहको बलियो प्रभाव रहेको सिरियाली, सहरहरुमध्य एक यस सहरबाट आइएस आतङ्ककारीलाई निकाल्नको लागि सिरियन डेमोक्रयाटीक फोसेस ९एसडिएफ० र अमेरिकाआवद्ध कुदिस र अरब लडाकूहरुको प्रयास जारी छ ।
गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादीविरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राका सहर ६० प्रतिशत कब्जामा लिइसकेका थिए ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो ।
सोही आन्दोलन कारक हुदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।
त्यसैगरी यस आन्दोलनमा लाखदं घाइते भएका छन् भने, लाखौले घरभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य छन्। रासस:एएफपी
काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टा ...
काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले श ...
चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पा ...
इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...