घरबहाल कर नतिर्ने ७८ प्रतिशतलाई दायरामा ल्याउन् सक्लान् विद्यासुन्दरले ?

२०७४ असार ३ गते १५:०५ मा प्रकाशित


images३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुँदा कामपामा रहेका ७८ प्रतिशतले घर बहाल घर तिर्ने गरेका छैनन् ।

हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्ने र घरपटिबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ । “कुनै कानुनी आधारमा रहेर यस किसिमको काम हुने गरेको छैन”, प्रमुख काफ्लेले भने ।


पछिल्लो समय कामपामा घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भएको प्रमुख काफ्लेको ठम्याइ छ ।

घरधनीले भाडामा लिएर उठेको रकमको दुई प्रतिशत कामपामा राजस्व बुझाउनुपर्छ । अहिले वार्षिक रु १२ करोडसम्म यस शीर्षकमा कर उठ्ने गरेको छ ।

नियमको अभाव र जनशक्तिको कमीजस्ता कारण देखाउने कामपाले कर सङ्कलन लागि यति ठूलो सम्भावना बोकेको शीर्षकमा पनि अपेक्षानुरुप कर सङ्कलन गर्न सकेको छैन । पूर्ण रुपमा घर बहाल करसम्बन्धी ऐन नहुँदा कर नबुझाउनेलाई कारबाही गर्ने अधिकार कामपालाई छैन ।

नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले घरबहाल कर नतिर्ने ७८ प्रतिशतलाई दायरामा कसरील्याउलान् भन्ने प्रश्न अहिले उब्जिएको छ ।

You may also Like this

थप समाचार

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट समानुपातिकमा बिक्रम भान्जा सिफारिस
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट समानुपातिकमा बिक्रम भान्जा सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट धन बहादुर तामाङ (विक्रम भान्जा ) समानुपातिक प्रतिनिधि सभामा सिफारिस ...

अछाम क्षेत्र नंं. १ बाट भीम रावल चुनाब लड्ने
अछाम क्षेत्र नंं. १ बाट भीम रावल चुनाब लड्ने

१७ असोज, अछाम । नेकपा एमाले अछामको क्षेत्रीय समितिले दुवै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरुको ना ...

१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?
१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?

असोज १७, काठमाडौं। असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे । ...

एमाले उम्मेदवार झन्डै १००० बढी मतले अघि
एमाले उम्मेदवार झन्डै १००० बढी मतले अघि

काठमाडौं, असोज ६ । सिरहाको लहान नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मुन्नी साहले आफ्नो सुरूआती अग्रतालाई फराकिलो पार्द ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...