गरिबी निवारण कोषद्धारा १५ अर्ब बराबरको कोष स्थापना !

२०७४ भदौ २ गते १४:१५ मा प्रकाशित


deuba-cabinat२ भाद्र, काठमाडौं । गरिबी निवारण कोषले १५ अर्ब बराबरको सामाजिक कोष स्थापना गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गरिबी निवारणका लागि तय गरेको भावी रणनीतिबारे जानकारी गराउने क्रममा कोष स्थापनाबारे बताइएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा कोषका पदाधिकारीहरुले दश लाख अति विपन्न एवं गरिब घर परिवारलाई सेवा पुर्‍याउदै आएको जानकारी दिए । अति विपन्न एवं गरिब घर परिवारलाई वर्षको आठ महिनाका लागि खाद्यान्न सुरक्षित रहेको पनि कोषले जनाएको छ । कार्यक्रम र श्रोतका उपाय विविधिकरणका लागि आगामी तीन हप्तापछि सरोकारवालाकाबीचमा उच्चस्तरीय बैठक गरिने कोषका उपाध्यक्ष वाईबी थापाले जानकारी गराए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने गरिबी निवारणका लागि वित्तीय श्रोत विस्तार गर्न विभिन्न मन्त्रालयसमेत सम्मिलित टास्कफोर्स गठन गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका थिए । जसमा मन्त्रिपरिषद सचिवालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव संलग्न रहने जनाइएको छ ।

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...