केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

२०७५ बैशाख १० गते ०८:४१ मा प्रकाशित


ganesh lama

कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो नाम राखेका छन् भने दोस्रो नम्बरमा रामजनम चौधरीको नाम राखेका छन् । भारतेन्दु मल्लिक, मोहम्मद नसिर सिद्धिकी, योगेन्द्र चौधरी, महेश कर्मोचा, गोपाल दहित, यशोदाकुमारी लामा, कृष्णप्रसाद दुलाल, शिवकुमार गुल्माछाने, हरिप्रसाद न्यौपाने, जनक चौधरी, गणेश लामा, मंगल थारू र वीरेन्द्र नेपालीलाई क्रमश सूचीमा राखेका छन् ।

गच्छदारले तयार पारेको सूचीमा पूर्व पर्यटनमन्त्री तथा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देव परेनन् । पार्टी एकीकरणको बेला गच्छदारसँग तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष देवको सम्बन्ध बिग्रिएको थियो । गच्छदारकै निर्देशनमा सिफारिस समितिले उनको नाम नपारेको स्रोतले बताएको छ । स्रोतका अनुसार उनलाई कांग्रेसको कुनै विभागमा सिफारिस गर्ने तयारी छ ।

तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको सिफारिसअनुसार गच्छदारले सूची तयार पारेका हुन् । गच्छदारनिकट नेता योगेन्द्र चौधरीले केन्द्रीय सदस्य बनाउन १५ जनाको सूची तयार भएको पुष्टि गरे ।

‘३० असोजमा पार्टी एकीकरण गर्दा भएको सहमतिबमोजिम एकीकृत पार्टीको केन्द्रीय सदस्य बनाउन १५ जना नेताको नाम तयार पार्नुभएको छ ।’ चौधरीले नयाँ पत्रिकासँग भने ‘आन्तरिक समितिले गरेको निर्णयलाई नै सिफारिस गर्ने निष्कर्षमा अध्यक्षज्यू (विजय गच्छदार) पुग्नुभएको छ । गच्छदार आमन्त्रित केन्द्रीय सदस्यका रूपमा कांग्रेस कार्यसमिति बैठकमा उपस्थित भइरहेका छन् । बैठकमा आफूले धारणा राख्नुअघि १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउन सिफारिससहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीमा छन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...