लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

२०७४ पुस १७ गते १८:१५ मा प्रकाशित


ganesh bhattarai I interview

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । सोही संगठनका समसामयिक क्रियाकलाप तथा मजदुरको तत्कालिन अवस्थामा केन्द्रित हुँदै केटिएम खबरका लागि रवि भट्टराईले काठमाडौँ ट्रेड युनियनका सभापति गणेश भट्टराईसंग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको संपादित अंशः
यहाँलाई स्वागत छ ।
धन्यवाद रवि जी ।
केमा व्यस्त हुनुहुन्छ ?
नेपाल ट्रेड युनियन कांग्रेसको गतिविधिमा केन्द्रित भएका छौँ । राष्ट्रिय निर्वाचनलाई ट्रेड युनियन कांग्रेसबाट जनताको माझमा लिएर गयौँ । यसमा व्यस्त रह्यौँ ।
मजदुरको विषयमा तपाईहरुको भुमिका कस्तो रहन्छ ?
कांग्रेस पार्टी कै भन्दा अगाडिको ईतिहास छ ट्रेड युनियन कांग्रेसको । २००३ सालमा गिरिजा प्रसाद कोइरालाले स्थापना गर्नु भएको हो ट्रेड युनियन । जुट मिलका मजुदुरहरुको हकहितको निमित्त अर्थात उनिहरुको तलब सुविधाका लागि सबै भन्दा ठुलो लोकतान्त्रिक आन्दोलन भयो । यो आन्दोलन कांग्रेस पार्टी कै ईतिहासमा महत्वपुर्ण आन्दोलन हो ।
अन्य पार्टी निकट युनियनहरु पनि छन, तपाईको संगठन र अन्य पार्टीको संगठनमा फरक के छ ?
हाम्रो संगठन ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो । मजुदुरहरुको हक, अधिकार कै लागि भनेर हामी काम गर्दछौ । नेपालमा अहिले आईएलओले गरेको सर्बेक्षण अनुसार एक करोड सोह्र लाख मजदुरहरु छन । त्यी मजदुरहरुको समस्याहरुसंग जोडिने र लोकतन्त्र प्रति प्रतिबद्ध रहदै ऊहाँहरुको हक, हितमा लाग्नु हाम्रो उद्देश्य भएको कारण हामी अरु भन्दा फरक छौ । अर्को कुरा अहिले कांग्रेसको चुनाबी नतिजामा पछाडि पर्यो । मलाई के लाग्छ भने पार्टीले मजुदुर संगठनलाई गिरिजा प्रसाद कोईराला पछि बिर्सिदै गएको हो कि भन्ने महशुस भएको छ ।
तपाईको आशय ट्रेड युनियन कांग्रेसलाई पार्टीले एक्टिभ गराउन नसकेर चुनाबी परिणाम खस्किएको हो ?
म पुर्ण यहि कारणले हो त भन्दिन । यसका विविध कारण होलान । त्यो समयले समिक्षा गर्दै जानेछ तर आंशिक सत्य चाहि पक्कै हो ।
हाम्रौ संगठन जसले लोकतन्त्रमा विश्वास गर्दछ, जसले विधिको शासनमा विश्वास गर्दछ त्यस्ता हामीहरुको उपस्थिति हरेक माथिदेखि तलसम्म नै छ र यसलाई पार्टीले सहि तरिकाबाट मोभिलाईज गर्न सकेन भन्ने मात्र मेरो कुरा हो । तपाईलाई स्मरण गराऊँ कांग्रेसको सबै भन्दा तल्लो स्तरसम्म जोड्ने संगठन नै हाम्रो संगठन हो । तपाईलाई उदाहरण बताउ जो ट्याक्सी चलाउनु हुन्छ, जो रिक्सा चलाउनु हुन्छ सो ज्यालादारी गर्नुहुन्छ अब भन्नुहोस यस्तो संगठनलाई भुमिका बिहिन बनाईयो भने परिणाम अवश्य राम्रो आउदैन नी ।
तपाई अर्को पार्टीको संगठमा सिस्टम छ भन्दै हुनुहुन्छ, फेरी अब्बल चाहि हामी हौँ भन्नु हुन्छ, तालमेल मिलेन नी ?
हामी अब्वल छौ यो अर्थमा किनकी बाम साथिहरु सधंै रटान चाही सन्सारका मजदुर एक हौँ भन्ने तर ब्यवहार त्यस्तो नगर्ने तर हामी त्यो भन्दा फरक लोकतन्त्रमा विश्वास राख्दै मजदुर साथिहरुको हक, अधिकारमा लड्छौ । हामीलाई खोक्रा नारामा भन्दा काममा बढी विश्वास गर्दछौ । एउटा कुरा सत्य हो कांग्रेस स्थापनामा मजदुरको भुमिका छ भन्ने कुरा नेतृत्वले बिर्सियो ।
तपाई विश्वस्थ हुनुहुन्छ मजदुर संगठनलाई भुमिका नदिए कै कारण कांग्रेस २३ सिटमा खुम्चिनु पर्यो ?
मैले भनिसके सबै सत्य त हैन तर आंशिक सत्य हो । आगामी चुनाबमा पार्टी पहिलो हुने हो भने हाम्रो संगठनलाई भुमिका दिन जरुरी छ ।
तपाई काठमाण्डौबाट नेतृत्व दिनु हुन्छ, तपाईको नेतृत्वले मजदुरलाई के दियो ?
काठमाण्डौमा हामी लोकतन्त्रमा विश्वास गर्ने एकलाख भन्दा धेरै मजदुरहरु संगठित छौँ । मजदुरको हक, अधिकार र रोजगारदाता पनि नमर्ने किसिमबाट मैले अभियान चलाएको छु र अगामी दिनमा पनि निरन्तरता हुनेछ ।
तपाईहरुको पहुँच कुन–कुन क्षेत्रमा धेरै छ ?
हामी सबै क्षेत्रमा छौ । शिक्षा, स्वास्थ्य विभिन्न ब्यबसायहरुमा हामी छौँ । मैले भनिसके मजदुरको हक, अधिकार र लोकतन्त्र प्रति आस्था जगाउन हामी र हाम्रो संगठन प्रतिवद्ध छ ।
एउटा समस्या भनौ या अवसर तपाई मजदुर नेताहरु पद र प्रतिष्ठामा पुगे पछी चटक्कै मजदुरको नाम लिन छाड्नु हुन्छ भन्ने सुनिन्छ नी ?
यस्तो हुदैन । हम्रो संगठन निश्चित रुपमा विधि बिधानमा रहेर काम गर्ने भएको हुनाले एक पछि अर्को अत्तराधिकारी पनि आउछ र उसले नेतृत्व प्रदान गर्दछ । त्यसैले यस्तो संभावना हुदैन ।
तपाईको कार्यकालमा के परिवर्तन ल्याउनु भयो ?
मान्छेको स्वभाव नै होला कुनै ब्यक्ति पदमा पुगेपछि यसले केहि गरेन भनिने रहेछ । मलाई पनि धेरैले भन्नु भएको हुन सक्छ तर मेरो कार्यकालमा मेरो प्रयत्न सधै मजदुरको हक र अधिकारकै निमित्त रह्यो र अगामी दिनमा पनि यो रही रहन्छ । परिवर्तन के ल्याईस ? भन्ने कुरा त त्यो मैले भन्दा आम जनताले भन्ने कुरा हो ।
अन्त्यमा के भन्नु हुन्छ ?
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छ । त्यस कारण लोकतन्त्रलाई खत्तरामा पार्ने काम आगामी आउने बाम सरकारबाट नहोस धन्यबाद ।


काठमाडौँ ट्रेड युनियनका सभापति गणेश भट्टराईसंगको भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...