काठमाडौँ । पुर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका गजेन्द्र बहादुर कार्की नेपाली कांग्रेस भोजपुरका पुराना कांग्रेस नेता मध्यका एक हुन । अंग्रेजी विषयमा स्नातक गरेका उनी जिल्लाबाट संभावना हुदा–हुँदै पनि राष्ट्रिय राजनीतिमा उदाउन सकेनन् या आफ्नै पार्टीको गुटगत चङ्गुलको सिकार भए ।
ऊनी यो पङ्क्तिकारका हजुरबुवाका प्रिय थिए । मेरो हजुरबुवा पनि नाम चलेको पण्डित कर्मकाण्डका ज्ञाता हुनुहुन्थ्यो गजेन्द्र भनेपछि हुरुक्कै हुने र ज्ञानगुनका कुरा खुब मज्जाले गर्ने मेरो हजुरबुवा, ठट्यौली पारामा भन्नु हुन्थ्यो गजेन्द्र कांग्रेस हो । त्यसैले म पनि कांग्रेस हुँ ।
कांग्रेस राजनीतिमा होमिएकाले उनले विबाह पनि ४५ काटे पछि नै गरेका हुन । त्यो बेला मलाई राम्रोसंग याद छ ।उनी राजनीतिक उचाई नचुल्याई विबाह नगर्ने मनसायमा थिए होला तर मेरो हजुरबुवाले भेट्नासाथ उनलाई बिवाह कहिले गर्ने भनेर सोधेर हैरान बनाउनु हुन्थ्यो ।
हो उनले उर्जामय समय सबै कांग्रेसको राजनीति मै बिताएका छन । यो पङ्क्तिकारसंग लगभग चार महिना अगाडि मेरो हजुरबुवाको ८७ वर्षको उमेरमा स्वर्गबास भएको बेला गजेन्द्रसंग समान्य कुराकानी गर्ने अवसर मिलेको थियो । ऊनि भन्दै थिए असल र निष्ठावानलाई माथि उठ्न गाह्रो रहेछ बावु, मैले शिक्षकको छदाखादाको जागिर छोडेर राजनीतिमा होमिएको हुँ । अझै जिल्लामा अनवरत जनताको सेवामा खटिइ रहेको छु तर कहिलेकाही लाग्छ मैले धेरै गर्न सक्थे तर अवसर पाईनकि भन्ने । हुनत काम गर्नेलाई कहा छेक्छ र म जनताको सेवा गरि नै रहेको छु । जिल्लामा कांग्रेसको एक्लो वृहस्पति जस्तो भएर बसेको छु, यो राजनीतिक नशा न छोड्न सकियो न समाऊननै सकिएको छ । वल्ल अलि बलियो गरि खुट्टा टेक्न लाग्यो टेक्नै दिदैनन या यस्तै छ बावु भनेर लामो हासो गरेका थिए ।
मैले प्रतिप्रश्न गर्दै भनेको थिए तपाई त जमानामा स्नातक गरेको पढेको मान्छे, धेरै अगाडी देखि कांग्रेस राजनितिमा होमिएको मन्त्री, प्रधानमन्त्री हुने सपना देख्नु भएन ?, उनको हसोमा उत्तर थियो बावु नदेखेको कहाँ हो र खै काम गरि नै रहेको छु । अझैबेला भएको छैन होला आउलानी पालो । एक न एक दिन कसो नपुगिएला भन्दै लामो हासो हाँसे लाग्थ्यो अझै पचास नाघिसकेका गजेन्द्रको उर्जा जस्ताको तस्तै थियो । निष्ठा मरेको थिएन र उत्कट जनताको सेवा गर्ने चाहाना गलेको थिएन ।
अज यो पङ्क्तिकारले उनकै विषय समाचार पढ्यो, उनी भोजपुर जिल्ला अस्पताल संचालक समितिको अध्यक्षमा नियुक्त भएछन् । मनमनै लाग्यो माथि आउने मान्छे जावो जिल्ला अस्पतालको सञ्चालक मै थन्किन्छन कि ? फेरि अर्को मनले सोच्यो एउटा अवसर पाएका छन यसलाई राम्ररी सदुपयोग गर्ने क्षमता उनमा छ, त्यो क्षमता देखाउने छन र भोजपुर जिल्ला अस्पतालको स्तरउन्नतिमा उल्लेखनिय भुमिका खेल्नेछन शुभकामना कांग्रेसि गजेन्द्र बहादुर कार्किलाई ।
काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...
काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...
काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...
दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...