सन् २०१७ भित्र दुई जोडी गैँडा चीन पठाइने

२०७४ बैशाख ७ गते १६:३१ मा प्रकाशित


gaida-६ बैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट सन् २०१७ मा दुई जोडी गैँडा चीन पठाइने भएको छ । सो कार्यका लागि दुवै देशका कर्मचारी तहमा हालै मात्र हस्ताक्षर भइसकेको छ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार गँंैडा पठाउनु अघि मन्त्री तहमा पनि सम्झौता गरिने छ ।

अन्य निकुञ्जमा गैँडाको सङ्ख्या कम भएकाले चितवन राष्ट्रिय निकुञ्जबाटै दुई जोडी गैँडा पठाइने उहाँले बताउनुभयो । हालैमात्र चीन पुगेर नेपालका तर्फबाट गैँडा दिने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएका भट्टराईका अनुसार अध्ययन अनुसन्धानका लागि ती गैँडा चीनले प्रयोगमा ल्याउने भएको छ । सोझै गैँडा पठाउन नमिल्ने हुँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने उहाँले जानकारी दिनुभयो । साइटिस, क्वारेन्टाइनलगायतका नियम कानुन पूरा गरेर मात्र वन्यजन्तु ओसारपसार गर्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार १० वर्षमुनिका अर्धवयस्क गैँडा पठाइने र तिनलाई नियन्त्रणमा लिएपछि केही समय खुल्ला खोरमा राखेर मात्र पठाइने छ ।स्वस्थ्य परीक्षण गरेर पठाइने ती गैँडाको रहनसहनबारे चिनियाँ टोलीलाई जानकारी गराएर मात्र पठाइने उहाँले बताउनुभयो ।

नेपालबाट लगिने गैँडामध्ये एक जोडीलाई सङ्घाइ सफारी पार्कमा र अर्को जोडीलाई गोन्जाउको अनुसन्धान केन्द्रमा राखिँदै छ । यसअघिनै चीनमा भारतबाट एकसिङ्गे एउटा गैँडा लगिएको थियो । चीनमा अफ्रिकाबाट लगिएका दुई सिङ्गे गैँडा भने प्रसस्त रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो ।

यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट भारत, जापान, जर्मन, बेलायत, क्यानडालगायतका देशमा गैँडा पठाइ सकिएको छ । सन् १९८६ बाट हालसम्म यसै निकुञ्जबाट नेपालकै बर्दियामा ९१ वटा र शुक्लाफाँटामा नौ वटा गैँडा पठाइ सकिएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका थिए । त्यसपछि आठ वटा बर्दिया र पाँचवटा शुक्लाफाँटामा गैँडा लगिएको हो । रासस

You may also Like this

थप समाचार

उम्मेदवारको आगनमै बम विस्फोट भएपछि...

धनगढी, असार ९ । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञ ...

गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य
गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य

९ असार । भारतको दार्जीलिङसहितका क्षेत्रमा भाषाको विषयलाई लिएर आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी दर्जनौं ब ...

ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक
ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक

काठमाडौं, असार ९ । एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्त ...

गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)
गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)

काठमाडौँ । बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...