फेसबुक लाईभमार्फत गगन थापाको यस्तो कडा चेतावनी (भिडियो)

२०७४ बैशाख ३० गते १५:५५ मा प्रकाशित


gagan-thapa३० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले कपन घटनाबारे स्पष्टीकरण दिँदै आफूले आचार संहिता उल्लंघन नगरेको बताएका छन् ।

कपनबाट लखेटियो भन्ने प्रचार गलत भएको भन्दै उनले आफू फेरि कपन जाने बताए । साथै उत्तेजनामा नआउन पार्टी कार्यकर्तालाई उनले आग्रह गरे ।

फेसबुक लाइभमार्फत स्पष्टीकरण दिँदै कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री थापाले मामाघर गएर फर्किने क्रममा पार्टीका स्थानीय कार्यकर्तासँग छलफल गरेको बताए । उनले भने, ‘मतदातासँग मत मागेको होइन, पार्टीका स्थानीय साथीहरुसँग छलफल गरेको हुँ र आचारसंहिता उल्लंघन होइन ।’

छलफलबाट बाहिर निस्कनासाथ एमालेका नेता, कार्यकर्ताले आफ्नो गाडीलाई घेर्दै नाराबाजी गरेको उनले सुनाए । वादविवाद गर्दा अप्रिय स्थिति होला भन्ने लागेर आफू त्यहाँबाट हिँडेको तर, त्यसक्रममा मोटरसाइकलले पछ्याउनेदेखि गाडीमा ढुंगा हान्ने काम समेत भएको उनले बताए ।

यसलाई कमजोरी ठानेर कपनबाट लखेटियो भन्ने प्रचार गरिएको भन्दै थापाले आपत्ति जनाए ।

कांग्रेस नेता थापाले चेतावनीपूर्ण भाषामा भने, ‘म विन्रमपूर्वक आग्रह गर्छु, यो मेरो निर्वाचन क्षेत्र हो । जहाँ मैले अन्त्यन्त स्नेह पाएको छु । त्यो सन्दर्भमा मैले मेरो ठाउँबाट कसैले लखेटिएर लखेटिने त्यति कमजोर हैसियत मेरो छैन ।’

उनले अघि भने, ‘यदि मैले अप्रिय घटना होस् भन्ने चाहेको भए कतिपयले ऐया पनि भन्न पाउँदैनथे ।’

निर्वाचन आचार संहिताले हिँडडुल गर्न र पार्टीका नेता कार्यकर्तासँग बन्द कोठामा छलफल गर्न नरोकेको भन्दै उनले आफू कपनपछि जयबागेश्वरी, सुकेधारा लगायतका ठाउँमा गएर पार्टी कार्यकर्तासँग छलफल गरेको सुनाए ।

आफू आजै विभिन्न ठाउँका साथै कपन पनि जाने कार्यक्रम रहेको सुनाउँदै गगनले भनेका छन्, ‘थप जानकारी चाहिए दिन तयार छु ।’

थापाले आचार संहिता उल्लंघन भयो भन्ने लागे निर्वाचन आयोगमा उजुरी दिन चुनौती दिए ।

केहीले आफूले पैसा बाँडेको भन्ने हल्ला पनि चलाएको भन्दै कांग्रेस नेता गगनले त्यसको खण्डन गरे । ‘चुनावमा भाग लिएका कुनै पनि दलले पैसा दिएर मत किन्न सकिन्छ भन्ने ठान्नु बूढानीलकण्ठका मतदाताको अपमान हो’ उनले भने, ‘एमालेले नै पनि पैसा बाँडेर काठमाडौंका मतदाताको भोट किन्न सकिन्छ भन्ने ठान्छ भने त्यो मतदाताको अपमान हो ।’

कपन घटनामा स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने आफ्नो अधिकार हनन हुनुका साथै दुर्व्यवहार भएको भन्दै उनले यसको हिसाब किताब जनताले नै गर्ने बताए । स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता थापाले भने, ‘यसको हिसाव किताब जनताले चुनावमा गर्छन् भन्ने विश्वास छ ।’

थापाले कपन घटनालाई लिएर उत्तेजनामा नआउन र आचार संहिता पालना गर्न पनि पार्टी कार्यकर्तालाई फेसबुक लाइभमार्फत अपील गरेका छन् ।

You may also Like this

थप समाचार

जिका भाइरसबाट कसरि जोगिने ?
जिका भाइरसबाट कसरि जोगिने ?

ब्राजिलमा निकै अत्याएको जिका भाइरसको संक्रमण गत वर्ष भारतमा पनि फेला परेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गुजरात र ...

गैरकानुनी औषधिको बजार मौलाउँदोः संयुक्त राष्ट्रसङ्घ
गैरकानुनी औषधिको बजार मौलाउँदोः संयुक्त राष्ट्रसङ्घ

भियना (अष्ट्रिया)- कोकिन र अफिमको उत्पादनमा वृद्धि भएसँगै विश्वमा दुखाई कम गर्न गैरकानुनी रूपमा उत्पादन हुने पीडा कम गर् ...

जेल चलान गरिएका दुई पूर्व आइजिपीसहित चार जना एउटै कोठामा
जेल चलान गरिएका दुई पूर्व आइजिपीसहित चार जना एउटै कोठामा

काठमाडौं, असार ८ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्व आइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् ...

योग अभ्यासले क्यान्सरका बिरामीलाई फाइदा
योग अभ्यासले क्यान्सरका बिरामीलाई फाइदा

बर्सेनि जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। योग अभ्यासबाट हुने फाइदाबारे जनचेतना जगाउन संयुक्त राष्ट्र संघले अन्तर्रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...