चुनाव लक्षित गरी मतदातालाई निःशुल्क पानी बाँड्ने तयारी

२०७४ बैशाख २७ गते ११:३९ मा प्रकाशित


kukl२७ बैशाख, काठमाडौं । स्थानीय तह चुनावको दिन काठमाडौं उपत्यकाका मतदाताहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने गृहकार्य अघि बढाइएको छ । बैशाख ३१ गते मतदान केन्द्रहरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का ट्यांकरमार्फत् पानी वितरण गर्ने गृहकार्य अघि बढाइएको हो ।

केयुकेएलका प्रमुख महेश भट्टराईले  भने, ‘निर्वाचन आयोगबाट अनुमति लिएर ट्यांकरमार्फत पानी वितरणको व्यवस्था मिलाउने तयारीमा छौं ।’


यसअघि खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले केयुकेएलका अधिकारीहरुलाई मतदाताहरुलाई निःशुल्क शुद्ध पीउने पानीको व्यवस्था मिलाउन भनेका थिए । तर, निर्वाचन आचारसंहिता आकर्षित हुन्छ कि हुँदैन भनेर केयुकेएल परामर्शमा छ ।

‘निर्वाचन आयोगले पानी वितरण गर्न सक्नुहुन्छ भन्यो भने हामी तयार छौं,’ केयुकेएल प्रमुख भट्टराईले भने ।

उनका अनुसार नीलो स्टिकर टाँसिएका ट्यांकरमार्फत निःशुल्क पानी वितरण गर्ने तयारी केयुकेएलले गरेको छ । तर, एउटै मतदान केन्द्रमा दिनभरी ट्यांकर रोकेर नराख्ने बरु ठाउँ-ठाउँमा घुमाउने उनले बताए ।

उनले भने, ‘हामीले पनि उपभोक्ताहरुबाट पानीको अर्डर लिएका हुन्छौं । घरमा, कार्यालयमा पानी पुर्‍याउनुपर्छ । त्यसैले एउटै केन्द्रमा रोकिराख्नुको सट्टा घुमाउन चाहिँ सकिन्छ ।’

कुन स्टिकरको पानी कस्तो ?

केयुकेएलले पानीको शुद्धता जाँचेर ट्यांकरहरुलाई निलो, हरियो र पहेलो स्टीकर प्रदान गरेको छ । नीलो स्टिकर टाँसिएका ट्यांकरहरुको पानी पिउन योग्य हुन्छ । यसमा कुनै प्रशोधन वा उमाल्न आवश्यक हुँदैन ।

हरियो स्टिकर टाँसिएका ट्यांकहरुको पानी घरायसी प्रयोजनमा प्रयोग गर्न सकिन्छ । त्यसलाई सामान्य प्रशोधन गरेर वा उमालेर पनि पिउन सकिन्छ ।

पिउन वा भान्छा प्रयोजनको उपयोग बाहेक अन्य प्रयोजनको पानी बोक्ने ट्यांकरहरुमा पहेंलो स्टिकर टाँसिएको हुन्छ ।

मंगलबारसम्म १६६ वटा पानी वितरण गर्ने ट्यांकरले स्टिकर लिएका छन् । त्यसमध्ये सबैभन्दा बढी ट्यांकरले हरियो स्टिकर पाएका छन् ।
नीलो १३ वटा, हरियो ९९ वटा र पहेलो ५४ वटा स्टिकर भएका ट्यांकर काठमाडौं उपत्यकामा सन्चालित छन् । केयुकेएलका सबै ट्यांकहरुले नीलो स्टिकर पाएका छन् ।

काठमाडौं उपत्यकामा पानी बोक्ने तीन सय बढी ट्यांकरहरु छन् । ती सबैलाई पानीको शुद्धताअनुसार स्टिकर टाँस्न अनिवार्य गरिएको छ । तर, अझै करिब १५० वटा ट्यांकरले स्टिकर लिइसकेका छैनन् । तर, तिनीहरु स्टिकर लिने प्रक्रियामा रहेको केयुकेएलले जनाएको छ ।

You may also Like this

थप समाचार

विनिमय दर !
विनिमय दर !

९ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३६ पैसा र विक्रिदर २७ रुपैयाँ ५२ ...

रामेछाप पुगेर माधव नेपालले यसो भने...
रामेछाप पुगेर माधव नेपालले यसो भने...

८ साउन , रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नस ...

बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प
बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प

७ साउन । गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअ ...

श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव
श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव

काठमाडौँ, साउन ७ । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...