फ्रान्स र बेल्जियम भिड्दै, को पुग्ला फाईनल ?

२०७५ असार २६ गते १९:१४ मा प्रकाशित


एजेन्सी । विश्वकप फुटबलमा आज हुने पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ ।
सेन्ट पिटरवर्गस्थित क्रिस्टोवस्की रंगशालमा हुने खेल नेपाली समय अनुसार ११ः४५ बजेबाट सुरु हुनेछ ।

france vs belgium I today

दुवै टोली समुह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका थिए । फ्रान्स समुह सी र बेल्जियम समुह जीको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । प्रतियोगितामा दुवै टोली अपराजित छन् ।

नकआउट चरणमा फ्रान्सले अर्जेन्टिना र बेल्जियमले जापानलाई पराजित गरेको थियो । क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई हराउदै अन्तिम ४ को यात्रा तय गरेका थिए ।

युवा खेलाडीले भरिएका दुवै टोलीमा युरोपेली क्लब फुटबलका उत्कृष्ट खेलाडीको समिश्रण छ । फ्रान्समा एन्टोनी ग्रिजम्यान, केलियन एम्बाप्पे, पाउल पोग्बा जस्ता खेलाडी रहेका छन् भने बेल्जियममा इडेन हजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रोयन जस्ता खेलाडी समावेश छन् ।

यसअघि, फ्रान्सले तीन ठुलो प्रतियोगितामा बेल्जियमलाई हराएको छ । जसमा दुई पटक विश्वकप खेलमा रहेको छ । फ्रान्सले १९३८ मा विश्वकपको पहिलो चरणमा बेलिजयमलाई ३–१ ले हराएको थियो ।

सन् १९८६ मा तेस्रो स्थानकालागि भएको प्लेअफमा फ्रान्सले अतिरिक्त समयमा ४–२ को जित निकालेको थियो । सन् १९८४ को युरोकपको समुह चरणमा फ्रान्सले बेल्जियमलाई ५–० ले जितेको थियो ।

You may also Like this

थप समाचार

को पुग्ला फाइनलमा, फ्रान्स कि बेल्जियम ?, भोट गर्नुहोस्
को पुग्ला फाइनलमा, फ्रान्स कि बेल्जियम ?, भोट गर्नुहोस्

को पुग्ला फाइनलमा, फ्रान्स कि बेल्जियम ?, भोट गर्नुहोस् ...

बागलुङे दुर्घटनाः वडा सदस्य घिमिरेसहित दुईको मृत्यु, दुई घाइते
बागलुङे दुर्घटनाः वडा सदस्य घिमिरेसहित दुईको मृत्यु, दुई घाइते

बागलुङ । बागलुङमा दुर्घटना हुदाँ दुईको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा भएको दुर्घटन ...

यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र
यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र

सन २०१८ विश्वकप रसियामा आज (बिहीबार)बाट सुरु हुँदै छ । खेलमा ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । पह ...

फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत
फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत

फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...