डेरा र कारमा भेटियो २ करोड १६ लाख भारु

२०७४ जेष्ठ ४ गते १५:०२ मा प्रकाशित


lakhsकाठमाडौं, जेठ ४ । प्रहरीले २ करोड १५ लाख ६१ हजारभारुसहित १४ जनालाई पक्राउ गरेको छ। ३ जना भने भारतीय नागरिक छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंको गौरीघाट र तिलगंगाबाट नेपालमा प्रतिबबन्धित एक हजार र ५ सयका भारु गरी सो बराबरको रकम बरामद गरेको हो।

सिआइबीको टोलीले काठमाडौं ८ विनायकनगर गौरीघाटमा रहेको कमला भण्डारीको डेराबाट ९८ लाख भारु र तिलगंगासिथत होटल पाँचथर अगाडि रहेको कारबाट १ करोड १९ लाख बरामद गरेको हो।

विगत केही समय पहिलादेखि नै संगठित गिरोहले अवैध तरिबाट अर्थोपार्जन गर्ने उद्धेश्यले सो रकम काठमाडौं भित्रिएको सिआइबीले दाबी गरेको छ।
पक्राउ पर्नेमा मोरङ इटहरा घर भइ गौरीघाट बस्ने कमला भण्डारी, विरानगरका दिलिप कुमार लाल, मेधबहादुर थापा, काठमाडौं भिमसेनस्थानका राजुराजा रंजित, नार्गाजसनका राजकुमारी गिरी छन्।

त्यस्तै प्रहरीले भारत घर भइ गणेशस्थान बस्ने अंकुर अग्रवाल, दिनेश अग्रवाल र अनिल कुमार पन्साली, पर्साका सुरेन्द्रकुमार संघाइ, नवलपरासीका संजयकुमार चौधरी, कास्कीका नवराज गुरुङ, अछामका पृथ्वी शाह , बौद्धका मजेन गुरुङ, स्वयम्भुका अमिरुद्धिन र नवलपरासीका पूर्णवासी गुप्ता छन्।
उनीहरुलाई सिआइबीले राजस्व अनुसन्धान विभागमा आवश्यक कारबाहीका लागि पठाएको छ।

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...