पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न आदेश !

२०७४ भदौ ९ गते ११:०२ मा प्रकाशित


yakila_1काठमाडौं, भदौ ९ । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रा विरुद्ध पक्राउ आदेश जारी गर्ने भएको छ ।


भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको सुनुवाईको लागि अदालतमा उपस्थित हुन नसकेपछि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलकलाई पक्राउ गर्न आदेश दिने बताएको हो ।

६ वर्षअघि आफू प्रधानमन्त्रीका निर्वाचित भएलगत्तै सुरु गरेको चामल अनुदान कार्यक्रममा अर्बौं डलर बराबरको आर्थिक अनियमितता गरेको आरोप उनीमाथि लगाइएको छ ।

सर्वोच्च अदालतले आज सिनावात्राविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो ।

तर पूर्वप्रधानमन्त्री यिङलक अस्वस्थ भएको भन्दै उनका वकिलले मुद्दाको पेशी सार्न अनुरोध गरेपछि दुई दिनका लागि सुनुवाई स्थगित गरिएको छ ।

तर उनी अस्वस्थ भएको यथेष्ठ प्रमाण जुटाउन उनका वकिल असफल भएको भन्दै अदालतले पक्राउ आदेश जारी गर्ने बताएको हो ।

सन् २०१५ मा सेना समर्थित संसद्ले महाअभियोग लगाएपछि प्रधानमन्त्री सिनावात्राले पद छाड्नुपरेको थियो ।

आरोप प्रमाणित भएको खण्डमा उनलाई लामो जेल सजाँय हुनेछ भने राजनीति गर्न आजीवन प्रतिबन्ध समेत लाग्नेछ । -एजेन्सी

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...