काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

२०७४ माघ २६ गते ०८:१० मा प्रकाशित


barsa

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २-० ले हरायो । पहिलो लेगमा १-० को जित निकालेको बार्सिलोना समग्रमा ३-० को जितका साथ फाइनलमा पुगेको छ ।

साविकको विजेता बार्सिलोना लगातार पाँचौ पटक फाइनलमा पुगेको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको सुरुमा मैदान प्रवेश गरेका काउटिन्हाले गोल गरे ।

१४२ मिलियन पाउण्डमा बार्सिलोना आएका उनी पाँचौ खेल खेलेका लिरहेका थिए र चार मिनेटमै लुइस स्वरेजको पासमा गोल गरेका हुन् ।

खेलको ८२ औं मिनेटमा राकिटिकले गोल गर्दै जित सुनिश्चित गरे ।

अब बार्सिलोनाले उपाधिका लागि सेभियासँग खेल्नेछ । सेभिया ला लिगाको छैटौं स्थानमा छ र बार्सिलोना भन्दा २५ अंक पछाडि छ ।

कोपा डेल रेको २०१४ को फाइनलमा रियल मड्रिडसँग हारेको बार्सिलोनाले त्यसयता लगातार तीन पटक उपाधि जितेको छ ।

सभारःअनलाईन खवर डटकम

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...