डाक्टरको खोल ओढेका बुख्याँचाहरु

२०७३ असार ७ गते १२:१६ मा प्रकाशित


डा. विश्व बन्धु बगाले । हालै नेपालमा चिकित्सकका प्रमाणपत्र छानबिनको क्रममा उजागर भएको बिकराल यथार्थले नेपाली चिकित्सा क्षेत्र मात्र होइन समग्र नेपाली समाज नै आश्चर्य चकित बनाएको छ । सामाजिक रूपमा एक प्रतिष्ठित पेशा हुनुका साथसाथै कसैको जीवन मरणसंग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रका भयावह तस्बीरहरु छरपस्ट भएका छन् ।

एउटा सामान्य मानिसले कल्पनासम्म पनि गर्न नसक्ने यी र यस्ता कर्तूतहरुले समग्र नेपाली चिकित्सकलाई नै नराम्ररी हल्लाएको छ । सक्कली र नक्कलीको यस कोलाहलयुक्त माहोलले कुनै गल्ती नै नगरेका चिकित्सकमा समेत गहिरो छाप पारेको छ ।

सेवा प्रबाहका क्रममा यदाकदा हुने मानवीय त्रुटीका घटनाले समेत ठूलै प्रभाव पार्ने हाम्रो नेपाली समाजमा यस घटनाले जनमानसमा “सक्कली” चिकित्सकको समेत मान मर्दन गरेको छ । हरेक बिरामीको मनमा आफूलाई उपचार गरी रहेको चिकित्सक पनि कतै नक्कली प्रमाणपत्रधारी त होइन भन्ने मनोविज्ञान संचार हुनु नौलो कुरो रहेन । “देवता”को रूपमा हेर्ने समाजले अब जो कोही नै भए पनि सहजै तिरस्कार गर्ने खतरा ब्याप्त छ ।

हरेक चियापसलदेखि ठूला सभासम्मेलनमा पनि यही विषयले प्रमुखता पाइरहेको छ । सामाजिक संजालमा चिकित्सकहरुप्रतिका टीका टिप्पणीहरु हृदयविदारक छन् । कुनै कीर्ते नगरेका चिकित्सकको मनोविज्ञानलाई पनि यस्ता टिप्पणीहरुले मुटुमै घोचेको तथ्य लुकाएर लुक्ने खालका छैनन् । यद्यपी यी सबै टीका टिप्पणी चाही यस पेशामा बर्षौदेखि जरो गाडेर बसेका तर कीर्ते प्रमाणपत्रधारीहरुको उपज हो । जसले अन्ततः सम्पूर्ण पेशा र पेशाकर्मीको मुखमा नै कालो पोतिदिए ।

सामाजिक पाटो बाहेक यस अभियानको आर्को पाटो नि त्यतिकै बिचारणीय छ । यो बिषय फगत एक खोस्टा प्रमाणपत्रको मात्र पक्कै होइन । यो यस्तो बिषय हो जसले असक्षम हुँदाहुँदै पनि आजसम्म सक्षमताको खोल ओढ्न सफलहरुलाई नाङ्गो पारिदिएको छ अनि अयोग्य हुँदाहुँदै पनि योग्यताको नौटंकी प्रस्तुत गरिरहेका बुख्याँचाहरुको असली चेहेरा देखाई दिएको छ ।

न्युनतम मापदण्ड नै पूरा नगरेको व्यक्ति कीर्ते प्रमाणपत्रको भरमा जीवनमरणको पेशामा संलग्न भईरहेको थियो भन्दा जो सुकैले सजिलै अनुमान गर्न सक्छ यहाँ कसैको अमूल्य जीवनलाई कतिसम्म मूल्यहीन बनाइएको रहेछ त । आखिर यस्तो किन र कसरी भयो त यसको पनि “अपरेशन” गर्न उत्तिकै जरूरी छ ।

नक्कली प्रमाणपत्र बन्छन भन्ने कुरा दशकौं पहिलेदेखि सुनिंदै आएकै हो । हाल आएर यति तदारुकताका साथ छानबिन गर्न सक्ने मेडिकल काउन्सिलले “एमबिबिएस” को लाइसेन्स दिने बेलामा प्रमाणपत्र पेश गर्दाका बखत किन छानबिन गरेन रु कि कुनै शक्तिले काउन्सिललाई यो छानबिन गर्न रोक्यो त रु कि जनताको ज्यानको पर्वाह नै भएन काउन्सिललाई रु आफूले कस्ता ब्यक्तिलाई चिकित्सकको

इसेन्स दिँदै छु भन्ने कुरामा हरेक पलपल जिम्मेवार हुनु पर्ने थियो कि थिएन काउन्सिल रु यसरी लाइसेन्स बाँड्ने कारबाही हुने कि नहुने त अब रु
यी र यस्ता प्रश्नहरु अनुत्तरित नै रहलान् शायद । “थाहा भएन” “हेक्का राखिएन” भन्ने उत्तर दिएर उन्मुक्ती पाउन मिल्ने प्रश्नहरु पनि यी होइनन । अनि यहाँ यी प्रश्नहरु तेर्स्याएर हाल संचालित यस अभियानलाई नकारात्मक भन्न खोजिएको पनि पक्कै होइन । भन्न यत्ति मात्र खोजिएको हो कि यही शिलशिलामा यी प्रश्नहरुको उत्तर पनि खोजिनु पर्छ अनि काउन्सिल जस्तो जीवन मरणको सवालसंग गासिएको नियमनकारी निकायमा बसेर यस्ता कर्तूतहरुलाई जानेर वा नजानेर प्रश्रय दिनेहरुले पनि कुनै हालतमा उन्मुक्ती पाउनु हुँदै हुँदैन ।

गलत काम गर्ने चाहे जो सुकै किन नहोस् सजायको भागिदार बन्नै पर्दछ । यसमा कुनै किसिमको रंग हालेर यसलाई कतै मोड्न जरूरी नै छैन । अपराधको न त कुनै जात हुन्छ न त कुनै धर्म नै । त्यसमाथि कसैको जिन्दगीसंग नै खेलबाड हुने गरी गरिएको यस किसिमको जघन्य अपराधको जति नै निन्दा गरे पनि कमै हुन्छ ।

दोषीले हदैसम्मको सजाय पाउनुपर्छ भने जसले निष्ठा र कर्तब्यलाई आत्मसात गर्दै सेवा गर्दै आएका छन् तिनीहरुको मानसिकतामा सकभर कसरी कम क्षति हुन्छ भनेर सोच्नु पनि उत्तिकै जरूरी छ । व्यक्ति खराब हुन् तर समग्र पेशाको कुनै दोष छैन भन्ने सन्देशका साथ यो अभियान अघि बढोस् र यो अभियान चिकित्सा क्षेत्र शुद्धिकरणको नयाँ आयाम बनोस् । स्रोत : स्वस्थ्यखवर

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...