अब फेसबुक लाइभबाट पनि पैसा कमाउन सकिने

२०७३ फागुन १८ गते १०:४० मा प्रकाशित


facebook liveअब फेसबुकको लाइभ भिडियोमा पनि विज्ञापन प्रकाशित हुने भएको छ । सिएनबिसीमा प्रकाशित रिपोर्टका अनुसार फेसबुकले आफ्नो ब्लगमा लाइभ स्ट्रिमरहरुले आफ्नो भिडियोमा विज्ञापन राख्न पाउने सुविधा दिइने जनाएको छ । एक पटकमा २० सेकेण्डसम्म लामो हुने विज्ञापन भिडियो शुरु भएको ४ मिनेट पछि देखिने छ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा बज्नेछ ।

‘फेसबुकमा हामी आफ्ना साझेदारहरुका लागि उत्पादनहरुको मुद्रीकरण र डिजिटल भिडियोका लागि विज्ञपान विकास गर्नका लागि प्रतिबद्ध छौँ,’ फेसबुकको उपाध्यक्ष रहेका निक ग्रुडिनले बताए ।


यो योजना अनलाइन भिडियो महारथी युट्युवलाई टक्कर दिनका लागि ल्याइएको हो । युट्युवले पनि भिडियो प्रकाशकहरुलाई पैसा कमाउने अवसर दिने गरेको छ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले पनि भिडियोलाई पछिल्लो समयको मेगा ट्रेन्ड भएको बताएका थिए ।

शुरुवातमा यो सेवा अमेरिकाबाट शुरुवात गरिनेछ । जहाँ २ हजार वा सोभन्दा बढी फलोअर भएका पेज तथा ३ सयभन्दा बढी साथी भएका प्रोफाइलले यो सेवा लिनसक्नेछन् । लाइभ सेसनमा ३ सयभन्दा बढीले हेरेपछि मात्र विज्ञापन प्रकाशित हुने बताइएको छ ।

विज्ञापनबाट आउने पैसा फेसबुक र प्रकाशकले बाँड्नेछन् जसमा फेसबुकको हिस्सा ४५ प्रतिशत हुनेछ ।

You may also Like this

थप समाचार

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी
औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

५ असोज, काठमाडौं । सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा भने संघीय समाजवादी फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...